• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    जबसम्म महिलाहरु मुक्त हुने छैनन् मानव समाज मुक्त हुने छैन- विप्लव

    2.7K
    SHARES


    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै र क्रान्तिकारी महिला सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महिला योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

    उनले सम्पूर्ण महिला एवम् नागरिकहरूमा श्रमक महिला दिवस भव्य रूपले मनाउन अपिल पनि गरेका छन्।

    महासचिव विप्लवले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा जारी गरेको शुभकामना वक्तव्यमा श्रम र सिर्जनासँगै पुँजीवाद–दलाल पुँजीवादले लादिरहेका अत्याचार, शोषण एवम् विभेदविरुद्ध सङ्घर्ष र विद्रोह गर्न पनि हरदम तयार हुन पनि आह्वान गरेका छन्।

    उनले सिङ्गो मानव समाज पुँजीवादको थिचोमिचोबाट मुक्त नभएसम्म महिलाहरू मुक्त नहुने, महिलाहरू मुक्त नभएसम्म मानव समाज पनि मुक्त नहुने र विश्व पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद–साम्यवादको स्थापना नै महिलासँगै मानव मुक्तिको सर्त रहेको पनि प्रस्ट पारेका छन्।

    महासचिवद्वारा जारी ‘११२ औँ महिला दिवसको शुभकामना’ विज्ञप्तिमा भनिएको छ, ‘आज २०७८ फागुन २४ गते ११२ औँ श्रमिक महिला दिवस अर्थात् आठ मार्च हो। आफ्नो मुक्ति, अधिकार, स्वतन्त्रता र उच्च मानवसभ्यताका लागि जीवन बलिदान दिन तयार भएर विद्रोह गरेको दिनसँग जोडिएको यो दिन महिलाहरूका लागि अन्तर्राष्ट्रिय पर्व हो भने सिङ्गै मानव जातिका लागि गौरवको दिन हो ।

    यो सुखद अवसरमा हाम्रो जनप्रिय पार्टी क्रान्तिकारी महिला सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महिला योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ। साथै सम्पूर्ण महिला एवम् नागरिकहरूमा श्रमक महिला दिवस भव्य रूपले मनाउन अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया