• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    मनकारी विप्लव- सबैको आग्रहपछि यसकारण लिए नेपाल बन्द फिर्ता

    21.9K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले यहि चित्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एसोसियसन र अभिभावकको आग्रहमा विप्लव नेतृत्वको नेकपाले चैत्र १६ गतेका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको हो।

    राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १६ गते नेकपाले आह्वान गरेको नेपाल फिर्ता लिन आग्रह गरेको थिायो । आयोगका सचिव वेद भट्टराईले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको परिक्षा र नेपाल बार एसोसिएसनको निर्वाचनलाई ध्यानमा राखेर बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरिएको थियो ।

    बुधबार नै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै ४ लाख ७५ हजार ३ जना विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा नेपाल बार एसोसिएशनले पनि सोहि दिन आफ्नो चुनाव परेकोले सहयोग गर्न वक्तव्य मार्फत नै आग्रह गरेपछि दुवै बिषयलाई ध्यानमा राख्दै एक जिम्मेवार पार्टीको हैसियतले उक्त दिनको आमहडतालका साथै नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको छ बताएका छन्।

    महासचिव विप्लवले केपी—प्रचण्ड सरकारले आफ्नो पार्टीका गतिविधिलाई लिएर प्रतिबन्ध घोषणा गर्नुका साथै स्थायी समितिका सदस्य सुदर्शन लगायतका सयौंको संख्यामा नेता÷कार्यकर्ता÷समर्थक र शुभचिन्तकहरुलाई गिरफ्तार गरी झुठो मुद्दा लगाउने, दिनदिनै गाउँहरुमा अप्रेशन गर्नुका साथै गोलीसम्म हान्ने गरेको भन्दै उक्त दमनका विरुद्ध प्रतिरोध अनिवार्य सर्त बने पनि एउटा जिम्मेवार पार्टीको हैसियतका नाताले विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर बन्द फिर्ता लिइएको प्रष्ट पारेका छन् ।

    ‘यो सामाजिक फासीवादी सरकारले आफ्नो लुटको स्वर्ग बचाउनकालागि जनतामा त्रास पैदा गर्ने, दमन मचाउने कार्यलाई कुनै क्रान्तिकारी शक्तिले सहन गर्ने कुरै भएन । त्यसैले हाम्रो पार्टीका तर्फबाट यही चैत १६ गतेका दिन आमहडताल सहित नेपाल बन्दको आव्हान गरेका थियो । तर शनिबार नै भएपनि उक्त दिन ४ लाख ७५ हजार ३ जना विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा परेको र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले परीक्षामा अवरोध नगरिदिनका लागि अपील गर्नुका साथै, त्यसै दिन नेपालका कानून व्यावसायिहरुको नयाँ नेतृत्व छनौटका लागि निर्वाचन पर्न जानुका साथै नेपाल बार एसोसिएशनले पनि एक वक्तव्य मार्फत सहयोग गर्न गरेको आग्रहलाई ध्यानमा राख्दै एक जिम्मेवार पार्टीको हैसियतले उक्त दिनको आमहडतालका साथै नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

    तर वर्तमान सामाजिक दलाल फासीवादी सत्ताले आफ्नो पार्टी र उसका गतिविधि माथि प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरिराखेको प्रहरी अप्रेशन, हिंसा र गोलीसम्म हान्नेजस्तो कुकार्य को हामी छिट्टै पार्टीले उचित जवाफ दिने पनि बताएका छन् ।

    उनले उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम पनि घोषणा गरिने विज्ञप्तिमार्फत जानकारी दिएका छन् । साथै ओली सरकारको ज्यादती, दमन र मनपरीबिरुद्ध नेकपाले आगामी दिनमा सार्वजनिक कार्यक्रमहरुलाई सबै पक्षबाट सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राखेको समेत उनले बताएका छन् ।

    ‘तर वर्तमान सामाजिक दलाल फासीवादी सत्ताले हाम्रो पार्टी र उसका गतिविधि माथि प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरिराखेको प्रहरी अप्रेशन, हिंसा र गोलीसम्म हान्ने जुन कुकार्य गरेको छ । त्यसको हामी उचित जवाफ दिने छौं । साथै उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम पनि घोषणा गरिनेछ । ति कार्यक्रमहरुलाई सबै पक्षबाट सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    हेर्नुहोस बिज्ञप्ति जस्ताको त्यस्तै, बन्द फिर्ता लिइएको बारे- केपी—प्रचण्ड सरकारले हाम्रो पार्टीका गतिविधिलाई लिएर प्रतिबन्ध घोषणा गर्नुका साथै स्थायी समितिका सदस्य कमरेड सुदर्शन लगायतका सयौंको संख्यामा नेता-कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई गिरफ्तार गरी झुठो मुद्दा लगाउने, दिनदिनै गाउँहरुमा अप्रेशन गर्नुका साथै गोलीसम्म हान्ने गरेको छ ।

    यसरी एउटा जिम्मेवार, देश र जनताको पक्षमा सङ्घर्ष गर्दै आएको सच्चा कम्युनिस्ट पार्टीमाथि गरिएको दमनका विरुद्ध प्रतिरोध गर्नु हाम्रालागि अनिवार्य सर्त बनेको छ । यो सामाजिक फासीवादी सरकारले आफ्नो लुटको स्वर्ग बचाउनका लागि जनतामा त्रास पैदा गर्ने, दमन मच्चाउने कार्यलाई कुनै क्रान्तिकारी शक्तिले सहन गर्ने कुरै भएन । त्यसैले हाम्रो पार्टीका तर्फबाट यही चैत १६ गतेका दिन आमहडतालसहित नेपाल बन्दको आव्हान गरेको थियो ।

    तर शनिबार नै भएपनि उक्त दिन ४ लाख ७५ हजार ३ जना विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा परेको र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले परीक्षामा अवरोध नगरिदिनका लागि अपील गर्नुका साथै, त्यसै दिन नेपालका कानून व्यावसायिहरुको नयाँ नेतृत्व छनौटका लागि निर्वाचन पर्न जानुका साथै नेपाल बार एसोसिएशनले पनि एक वक्तव्य मार्फत सहयोग गर्न गरेको आग्रहलाई ध्यानमा राख्दै एक जिम्मेवार पार्टीको हैसियतले उक्त दिनको आमहडतालका साथै नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको छ ।

    तर वर्तमान सामाजिक दलाल फासीवादी सत्ताले हाम्रो पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरि राखेको प्रहरी अप्रेशन, हिंसा र गोलीसम्म हान्ने जुन कुकार्य गरेको छ । त्यसको हामी उचित जवाफ दिने छौं । साथै उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम पनि घोषणा गरिनेछ । ति कार्यक्रमहरुलाई सबै पक्षबाट सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछौं ।

     

    प्रतिक्रिया