• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    किन लेखियो विप्लवसहितका नेताहरु प्रहरीको घेराबन्दीमा भन्ने भ्रामक समाचार ? यस्तो छ यथार्थ

    42.9K
    SHARES



    दिया चन्द, काठमाडौं । बुधबार नेपाल कम्युनिस्ट पार्टीका महासचिवसहितका नेताहरु प्रहरीको घेराबन्दी परेको भन्दै केहि अनलाइन पोर्टलहरुले भ्रामक समाचार सम्प्रेषण गरेका छन् ।

    प्युठान र अर्घाखाँचीको जङ्गलमा महासचिव विप्लवसहितका नेता प्रहरीको घेरावन्दीमा परको भ्रामक समाचार बाहिरिएपछि यसबारे सत्यतथ्य बुझ्न हामीले नेकपाकाे उक्त ब्युरो हेर्ने जिम्मेवार नेता र जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेलसँग सम्पर्क गर्यौं ।

    सोहि क्रममा नेकपाकाे लुम्बिनी ब्युरोले उक्त समाचार कपोलकल्पित र निराधार रहेको बताएको छ । यस्तै संचारकेन्द्रसँग कुरा गर्दै उता  नेकपाका प्यूठान जिल्ला इन्चार्ज चिन्तामणि घिमिरेले उक्त समाचार कपोलकल्पित र निराधार भएको भन्दै खण्डन गरेका छन् ।

    ‘अर्घाखाँची र प्युठानको सिमास्थलका जगंल क्षेत्रमा महासचिव विप्लवसहितका नेताहरु प्रहरी घेराबन्दीमा परेको भन्ने हल्ला कपोलकल्पित, निराधार र आम जनता, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुमा भ्रम फैलाउन योजनाबद्धरुपमा गरिएको कुप्रचार हो ।’उनले भने- ‘यस्ता अफवाहको पछि नलाग्न हामी सबैलाई आग्रह गर्दछौं ।’

    उनले केहि अनलाइनहरुले चर्चाका लागि योजनाबद्धरुपमा यस्तो तथ्यहिन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति समेत जनाएका छन् । साथै  जिम्मेवार भएर तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न समेत मिडियाकर्मीहरुलाई आग्रह गरेका छन् ।

    यता कपिलबस्तुका जिल्ला इन्चार्ज संगम पुनले पनि यो समाचार सरासर झुट र कपोकल्पित भएको बताएका छन् । लुम्बिनी ब्युरोको गतिबिधिबारे जानकारका रुपमा हेरिने इन्चार्ज संगमले आफ्नो ब्युरोमा हिजो र आज त्यस्तो कुनै पनि गतिबिधि नभएको र प्रहरीले खोजतलास गरेको भन्ने पनि भ्रम मात्र भएको बताएका छन् ।

    केही व्यक्तिहरुले आफुले संचालन गरेका मिडियालाई चर्चामा ल्याउन नेकपाका महासचिबलगायत नेताहरु घेराबन्दीमा भनेर कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।

    के भन्छ प्रहरी ?

    यता जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भने यसबारेमा आफूहरुलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् ।

    संचारकेन्द्रसँगको टेलिफोन बार्ताका क्रममा डिएसपी पोखरेलले समाचारमा भनिएजस्तो विप्लवलाई गिरफ्तार गर्न जिल्लाबाट कुनै प्रहरी फोर्स नपठाइएको प्रष्ट पारे । ‘यस्तो समाचार आएको भन्ने मैले पनि सुने तर यो सत्य होइन’ उनले संचारकेन्द्रसँग भने- ‘प्यूठानमा अहिलेसम्म त्यसरी प्रहरी परिचालन भएको छैन । हाम्रो टोली त्यसरी कतै पनि गएको छैन र त्यसरी खटाइएको पनि छैन ।’

    किन गरियो यस्तो हल्ला ? 

    पछिल्लो समय नेपाली मिडिया जगतमा कपिपेस्ट पत्रकारिता मौलाउँदै गएको पीडादायी यथार्थ कुनै मिडियाकर्मी र आम पाठकसामु लुकेको छैन । विशेषगरी अनलाइन न्युज पोर्टलहरुले सत्यतथ्य नबुझी पाठकहरु तान्न समाचारलाई अतिरन्जित बनाएर सम्प्रेषण गरेको देखिन्छ ।

    बुधबार पनि प्यूठान प्रहरी आफ्नो नियमित गस्तीमा निस्किएको विषयलाई नेकपाका नेता कार्यकर्तासँग जोडेर बिषयबस्तु तोडमोड गर्न खोजिएको देखिन्छ ।

    जसले एकातिर नेकपा नेता कार्यकर्तामा केहि हदसम्म भएपनि सन्त्रास फैलाउन सकिन्छ कि भन्ने आशय बोकेको देखिन्छ भने अर्कातिर हुदै नभएको भ्रामक कुरालाई समाचारको रुप दिदै ब्रेक गर्न खोजेर क्षणिक चर्चा बटुल्न खोजिएको देखिन्छ ।

    उसो त् २ दिन अघि मात्रै ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी निकटका दुइ वटा पत्रकार संगठनका नेताहरुलाई बोलाएर राज्यको पक्षमा कमल चलाउन बिशेष छलफल गरेको छ ।

    सत्ता सम्हालिरहेको नेकपाले पछिल्लोपटक आफ्नो पार्टी र सरकारबिरुद्ध विभिन्न सञ्चार माध्यमहरुले समेत योजनाबद्धरुपमा प्रचारयुद्द चलाइरहेको भन्दै सञ्चार माध्यममा प्रभावकारी हस्तक्षेप गर्न पार्टी निकट पत्रकारलाई निर्देशन दिन यस्तो गोप्य बैठक बोलाएको सूचना संचारकेन्द्रलाई प्राप्त भएको थियो । यो हल्ला त्यसकै अभ्यास पनि हुनसक्ने नेकपा नेता कार्यकर्ताहरुको बुझाई छ ।

    यसविषयमा समेत हामीले समाचार प्रकाशित गरेका थियौं । उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोला ।

    ओली-प्रचण्ड आफै उपस्थित भएर आफ्नो पार्टीका पत्रकार संगठन प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका नेता तथा विभिन्न मिडियामा कम गर्ने पार्टी निकट पत्रकारहरुलाई मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर बिशेष छलफल गरिएको हो ।

    प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल निकट पत्रकारलाई नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले डाक्टर गोविन्द केसीको अनसनको बिरुद्ध र सरकारका गतिबिधिका पक्षमा शसक्त रुपमा कलम चलाउन निर्देशन दिएका छन् ।

    पार्टीका दुवै जना अध्यक्षले सरकारलाइ कमजोर बनाउन केही मिडिया र मिडियाकर्मी दिनरात लागि परेको भन्दै त्यस्ता तत्वलाई निस्तेज पार्न आग्रह गरेका छन्

    प्रतिक्रिया