• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    विप्लवको यस्तो चेतावनीपछि असारे काकासहित ३३ नेता रिहा, बम र राईसहित ७ जना अझै हिरासतमा

    28.4K
    SHARES



    काठमाडौं । 

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को कडा चेतावनीपछि गिरफ्तार केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ सहित ३३ जना नेता–कार्यकर्ताहरुलाई प्रहरीले रिहा गरेको छ ।

    पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरेर शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर नेताहरुको गिरफ्तारीको कडा शब्दमा विरोध जनाएका थिए । गिरफ्तार नेताहरुलाई रिहा नगरे प्रतिरोधमा उत्रिन कार्यकर्ताहरुलाई अाह्‍वान गरेका थिए ।

    दुई जना पोलिट्ब्यूरो सदस्य र सल्लाहकार समिति अध्यक्षसहित ४० नेतालाई गिरफ्तार गरेपछि महासचिव विप्लवले आइतबार नै विज्ञप्ति जारी गरेर सो आह्वान गरेका हुन् ।

    तर पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम र पदम राईसहित सात जनालाई प्रहरीले एक हप्ताको म्याद थप गरेको छ । महासचिव विप्लवले आइतबार विहानै विज्ञप्ति जारी गरेर सरकारले आफ्नो पार्टीमाथि अघोषित रुपमा प्रतिबन्द लगाएको बताए ।

    “कम्युनिस्टका नाममा सामाजिक फासिवादको अभ्यास गरिराखेको केपी ओलीको सरकार गठन भएदेखि नै जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनीतिक उपलब्धिहरू खोस्दै गएको छ । साथै संसदीय दलहरूले नै बनाएको भनिएको संविधानमा राखिएका प्रावधानहरूलाई यो सरकारले लत्याइराखेको छ । मूल रूपमा नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि यो सरकारले अघोषित प्रतिबन्ध लगाएको छ । यो सरकार गठन भएदेखि नेकपाका दर्जनौँ नेतारकार्यकर्ताले जेलजीवन बिताएका छन् । सयौँ कार्यकताहरूमाथि झूट्टा मुद्दा लगाइएको छ । दिनदिनै जस्तो गिरफ्तारीलाई बढाइरहेको छ” विज्ञप्तिमा उल्लेख छ ।

    शनिबार पार्टीको एक कार्यक्रमबाट नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’, पोलिटब्युरो सदस्य, जनपरिषद् नेपालका उपप्रमुख एवम् पूर्वमन्त्री पदम राई, पोलिटब्युरो सदस्य भरत बम, केन्द्रीय सदस्य मकर गुरुङ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय, जनगणतान्त्रिक मञ्चका संयोजक रत्न थापालगायत ४० नेतालाई एकैसाथ प्रहरीले गिरफ्तार गरेको थियो ।

    महासचिव विप्लवले गिरफ्तार अन्य नेताहरुको रिहाईको माग पनि गरेका छन् । साथै, रिहा नगरे सशक्त संघर्षमा जान बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

    “गिरफ्तार सबै कमरेडहरूलाई बिनासर्त तुरुन्त रिहाइका लागि जोडदार माग गरिन्छ । यदि रिहा नगरिएको खण्डमा हाम्रो पार्टी सशक्त सङ्घर्ष गर्न बाध्य हुनेछ । साथै यो सरकारले काठमाडौँका विभिन्न स्थानहरूमा सभासम्मेनलमाथि पूर्ण प्रतिबन्ध लगाई हिजोकै राजतन्त्रात्मक निरङ्कुश शासनको झल्को दिइरहेको छ । हामी यो सरकारको यस्तो निरङ्कुश कदमको घोर निन्दा गर्नुका साथै देशभक्त, सच्चा जनवादी, नागरिक समाज एकजुट भएर प्रतिवाद गर्न पनि आह्वान गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ विप्लवको विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ