• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    काठमाडौँ बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो, नामावलीसहित

    25.6K
    SHARES



    काठमाडौँ । गत जेठ १२ काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । विस्फोटमा परी घटनास्थलमै २ जनाको ज्यान गएको थियो भने उपचारको क्रममा थप २ जनाको मृत्यु भएको थियो ।

    घन्त्यटामा परी नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमान्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तरले ज्यान गुमाएका थिए । त्यसैगरी काठमाडौँको ओम अस्पताल चावहिलमा उपचाररत थप एक जनाको शनिबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिका वडा नं. ४ निवासी रामकुमार श्रेष्ठ रहेका छन् ।

    सुकेधारास्थित छाेटे ठाकुरकाे सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका श्रेष्ठको ओम हस्पिटलकाे आइसीयुमा उपचार भईरहेकाे थियो । उक्त घटनामा घाइते अरु २ जना सुरेन्द्र महर्जन र हरि खड्काकाे पनि ओम हस्पिटलमै उपचार भईरहेकाे छ ।

    शुरुमा नाम र पहिचान नखुले पनि तत्काल उपचार गरिहाल्नु पर्ने भएकाले xyz नाम दिएर उपचार थालिएकाे थियाे । x नाम दिएका पहिचान नखुलेका यिनै रामेछापका रामाुमार श्रेष्ठ थिए । त्यस्तै Y र Z नाम दिइएका क्रमश सुरेन्द्र महर्जन र हरि खड्का ओम हस्पिटलमा उपचार गराइरहेका छन् ।

    विद्यार्थी रामकुमारकाे उपचारमा संलग्न डाक्टरका अनुसार बमकाे छर्राले टाउकाे, छात्ती र खुट्टामा गम्भीर चाेट लागेको थियो । १२ गतेदेखि नै रामकुमार सम्पर्कमा नआएपछि उनका आफन्त हस्पिटल श्राेतकाे सुचनाका आधारमा ओम हस्पिटल पुगेका थिए ।

    सुकेधाराकाे विस्फाेटमा दाङका गाेकुल रानामगर, कालिकाेटका दिपेन्द्र विक र बाग्लुङका निरन्काेतर मल्लको मृत्यु भएकाे थियाे । यस्तै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले काठमाडौं बम विस्फोटमा परी यस अघि मृत्यु हुने चार जनासहित भोजपुरमा प्रहरीले हत्या गरेका तीर्थराज घिमिरेलाई शहिद घोषणा गरिसकेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी निर्माणपछि कालिकोट, कैलाली, भोजपुर र काठमाडौँमा गरी ८ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै नख्खुस्थित एनसेल मुख्यालयमा भएको बिस्फोटमा परि एक जनाको ज्यान गएको थियो । पछिल्लो समय ओली सरकारले नेकपालाई राजनीतिक प्रतिबन्ध लगाएपछि देशमा जबर्जस्ती द्वन्द बढ्ने खतरा देखिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ