• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज विश्व पानी दिवस, पानी संकट चुलिँदै, संरक्षणको आवाज बुलन्द

    558
    SHARES



    काठमाडौं । । आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ ।

    ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ यसबर्ष यो दिवस मनाउन लागिएको छ । सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो ।

    विश्वभर जलवायु परिवर्तनका कारण पानी संकट चुलिँदै गएको छ। बढ्दो सहरीकरण, औद्योगीकरण, अनियन्त्रित भूमिगत पानी दोहन र जलवायु परिवर्तनका कारण पानीको स्रोतहरू खुम्चिँदै गएका छन्।

    विशेष गरी, नेपालमा हिमनदीहरूको संकुचनले दीर्घकालीन असर पार्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्। जलस्रोतमा धनी मानिएको नेपालमा समेत प्रभावकारी व्यवस्थापनको अभावले लाखौँ नागरिक स्वच्छ पिउने पानीबाट वञ्चित छन्।

    संयुक्त राष्ट्रसंघको एक अध्ययनअनुसार विश्वका करिब एक अर्ब मानिस स्वच्छ पानीको अभावमा जीवनयापन गर्न बाध्य छन्। नेपालमा प्रतिव्यक्ति जल उपभोग दर विश्व औसतभन्दा निकै कम रहेको तथ्यांकले देखाएको छ।

    पानी संरक्षण, पुनःचार्ज प्रणालीको विकास, अनावश्यक पानीको दोहन रोकथाम र प्रभावकारी नीति निर्माणका लागि विश्वभर जागरुकता फैलिनुपर्ने विज्ञहरूको सुझाव छ। जलवायु परिवर्तनले पार्ने असरलाई कम गर्न सामूहिक प्रयासको खाँचो रहेको बताइन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ