• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अभियान स्थगित गरेर बसेको माओवादी बैठकले राजावादीहरुको चलखेल बारे निकाल्यो यस्तो निष्कर्ष

    7.2K
    SHARES



    काठमाडौं । राजावादीहरु सलबलाएपछि पार्टीको अभियान नै स्थगित गरेर बसेको माओवादी केन्द्रको शिर्ष नेताहरु सम्मिलित बैठकले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ ।

    सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा उनीहरू (राजावादी) आशावादी भएका हुन्,’ सापकोटाले भने ।

    उनले गणतन्त्र प्राप्तिका लागि माओवादी केन्द्रले ठूलो बलिदान गरेको उल्लेख गर्दै यसलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने बताए। “हामीले रगतको खोलो बगाएर गणतन्त्र ल्याएका हौं। यस्तो अवस्थामा धमिलो पानीमा माछा मार्ने दिवासपना देख्नु व्यर्थ छ,” उनले थपे। सापकोटाले केही शक्तिहरू जनतालाई भ्रमित पार्न सक्रिय रहेको आरोप समेत लगाए। “राजतन्त्र र राजाले गरेका कुकृत्यहरू नेपाली जनताले भुलेका छैनन्। हाम्रो पार्टी समाजवाद निर्माणको यात्रामा अघि बढिसकेको छ,” उनले स्पष्ट पारे।

    जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको उनको भनाइ छ । ‘पहिला राजतन्त्रले, राजाले गरेका कुकृत्यबारेमा नेपाली जनताले अहिले पनि बिर्सिएका छैनन्,’ सापकोटाले भने, ‘नेकपा माओवादी केन्द्रका साथीहरू समाजवाद निर्माणको लाइनमा लागिसकेका छन् ।’

    बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको भूमिका, गठबन्धनको रणनीति र राजावादीहरूको गतिविधिबारे समीक्षा गरिएको माओवादी केन्द्रले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ