• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंमा पाकेटमार गिरोह पक्राउ, २७१ थान चोरीका मोबाइल बरामद

    1.2K
    SHARES



    काठमाडौं । काठमाडौं प्रहरीले सार्वजनिक यातायातमा पाकेटमार तथा चोरी गर्ने गिरोहका सात जना व्यक्तिलाई पक्राउ गरी २७१ थान चोरीका मोबाइल, ल्यापटप तथा ट्याब बरामद गरेको छ।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहरा का अनुसार, चैत ७ गते बेलुका ६ बजे ठिमीबाट कोटेश्वरतर्फ गइरहेको एक सार्वजनिक गाडीमा पाकेटमार भएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल परिचालन गरी एकजनालाई पक्राउ गर्‍यो। सोही अनुसन्धानका क्रममा अन्य व्यक्तिहरू पनि पक्राउ परेका हुन्।

    पक्राउ पर्नेहरुमा काभ्रेको बेथानचोक गाउँपालिका-५ घर भई ललितपुको सानागाउँ बस्ने ३५ वर्षीय प्रमोद परियार, खानीखोला गाउँपालिका-५ स्थायी घर भई हाल भक्तपुरको ठिमी बस्ने २६ वर्षीय गुनराज न्यौपाने छन्।

    त्यस्तै रौतहटको चन्द्रनिगाहपुर घर भई भक्तपुरको ठिमी बस्ने ३० वर्षीय हेमन्त राना मगर, दोलखाको सैलुङ गाउँपालिका-६ स्थायी घर भई भक्तपुरको जगाती बस्ने २८ वर्षीय शम्भु विश्वकर्मा, जिल्ला सिन्धुपाल्चोकको मेलम्ची न.पा. ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २२ को राजेश चालिसे, दोलखा, कालिन्चोक गाउँपालकि- ५ स्थायी घर भई काठमाडौंको चावाहिल बस्ने वर्ष २१ को सबिन पाण्डे र काठमाडौंको सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष २० को प्रकाश कट्‌वाल छन्।

    मोबाइल बेच्ने रिपेयरिङ सेन्टरमा छापा
    प्रारम्भिक अनुसन्धानमा उनीहरूले भक्तपुरको जगातीस्थित ‘सरोज मोबाइल रिपेयरिङ सेन्टर’ मा चोरीका मोबाइल बिक्री गर्ने गरेको खुलेको छ। प्रहरी टोलीले सो सेन्टरमा छापा मार्दा २७१ थान मोबाइल, ९ वटा ट्याब, र १५ वटा ल्यापटप बरामद गरेको छ।

    पक्राउ परेका सबैलाई शुक्रबार सार्वजनिक गरिएको थियो। हाल उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ