• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    संसद्‌बाट स्वीकृत भयो बजेट आउनु एक महिनाअघि प्रि-बजेट छलफल सक्नुपर्ने अध्यादेश

    4K
    SHARES



    काठमाडौं । बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

    सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो । बुधबार यो अध्यादेश प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको हो ।

    यो अध्यादेशमा बजेट आउनु एक महिना अघि प्रि–बजेट छलफल सक्नुपर्ने लगायतका प्रावधान छ । नेपालमा प्रत्येक वर्ष जेठको १५ गते बजेट ल्याउने व्यवस्था छ । अध्यादेश अनुसार अब वैशाख १५ गते अगावै प्रि-बजेट छलफल सक्नुपर्ने हुन्छ ।

    यसअघिको सरकारले बजेट आउनुभन्दा तीन महिना अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने प्रावधान सहितको अध्यादेश ल्याएको थियो ।

     

    त्यसलाई घटाएर वर्तमान सरकारले एक महिना अगाडि प्रि–बजेट छलफल सक्नुपर्ने गरी अध्यादेश ल्याएको हो । जसलाई प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ