• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्पको निर्णय: पाँच लाख आप्रवासीको कानुनी वैधता भंग, २४ अप्रिलभित्र अमेरिका छाड्न सूचना

    12K
    SHARES



    वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भंग गर्ने निर्णय गरेको छ। अमेरिकी संघीय सरकारले २४ अप्रिलसम्म ती आप्रवासीहरूलाई अमेरिका छाड्न सूचना जारी गरेको छ।

    यसअघि जो बाइडेन प्रशासनले CHNV (Cuba, Haiti, Nicaragua, Venezuela) कार्यक्रम अन्तर्गत ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका ल्याएको थियो। सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकका लागि यो कार्यक्रम सुरु गरेका थिए, जसपछि अन्य देशहरूमा समेत यसको विस्तार गरिएको थियो।

    ट्रम्प प्रशासनको पछिल्लो निर्णयले क्युबा, हाइटी, निकारागुवा, र भेनेजुएलाबाट अमेरिका पुगेका आप्रवासीहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ। साथै, रुस-युक्रेन युद्धका कारण अमेरिका पुगेका करिब २ लाख ४० हजार युक्रेनी आप्रवासी को अस्थायी कानुनी मान्यता पनि खारेज गर्ने योजनामा ट्रम्प प्रशासन रहेको जनाइएको छ।

    ट्रम्पको निर्णयको विरोधमा मानव अधिकार समूह तथा आप्रवासी समर्थक संस्थाहरूले आलोचना गरिरहेका छन्। तर, ट्रम्प प्रशासनले भने यो कार्यक्रमले अमेरिकी नागरिकहरूको रोजगारी र अवसर गुमाएको तर्क गर्दै आप्रवासन नीति कडा बनाउन खोजेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ