• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बालेनलाई गण्डकीका मन्त्री पाठकको धम्की,- `के हो भाइ तिम्रो पारा ? हेक्का राख. ..´

    11K
    SHARES



    पोखरा । ‘के हो बालेन भाइ तिम्रो पारा  ?’ भन्दै गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठक काठमाडौँका मेयर बालेन्द्र साह (बालेन)लाई धम्कि दिएका छन् । बालेनले प्रधानमन्त्री केपी ओली लक्षित फेसबुक स्टाटस लेखेपछि पाठकले `काउन्टर अट्याक´ गरेका हुन् ।

    पाठकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनप्रति आक्रोश पोखे । `यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने । छानबिन समितिको प्रतिवेदन लुकाउने,´ उनले भने, `बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाइ तिम्रो पारा ?´

    उनले नियम विपरीत नचल्न बालेनलाई सुझाएका छन् । `हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौँ । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ,´ अघि थपे, `चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्का कुरा अरूहरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ ।´ पाठकले यसअघि सन्दीप लामिछानेको मुद्दामा समेत विवादित अभिव्यक्ति दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ