• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मधेस र थरुहट राजनीतिमा नयाँ मोड: बाबुराम, सीके र रेशमबीच पार्टी एकताको तयारी

    501
    SHARES



    काठमाडौं । मधेस र थरुहट क्षेत्रको राजनीतिमा नयाँ मोड आउन सक्ने संकेत देखिएको छ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराई, र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच पार्टी एकता गर्ने तयारी तीव्र रूपमा अघि बढेको छ।

    जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिकी नेतृ मानुषी यमी भट्टराईले नागरिक जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा पुगेर पार्टी एकताका लागि शुभकामना दिएका छन् ।

    रेशम चौधरी र सीके राउतले डा. बाबुराम भट्टराईलाई एकताको प्रस्ताव गरिसकेका छन्। चौधरीका अनुसार भट्टराई एकताप्रति सकारात्मक देखिएका छन्। चौधरीले भने, “तपाईंहरू एकता गरेर अगाडि बढ्नुस्, म पछि पछि आइपुग्छु भन्नुभएको छ।”

    डा. राउतले २०७९ को निर्वाचनअघि नै एकता भएको भए मधेसमा ठूलो नतिजा आउन सक्थ्यो भन्दै अब ढिलो नगर्नुपर्ने बताए। उनले भने, “अब गल्ती हुँदैन, चाँडै एकीकरण गरेर अघि बढ्नुपर्छ।”

    एकताका लागि कार्यदल गठन, घोषणा नजिकै
    जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणका लागि कार्यदल गठन गरिसकेका छन्। बैठकले यसबारे आधिकारिक निर्णय लिने नागरिक उन्मुक्ति पार्टीका नेता गंगाराम चौधरीले जानकारी दिए।

    रेशम चौधरीले पार्टी एकता घोषणा काठमाडौँमा नभइ बर्दिया वा मधेसका मुसहर बस्तीमा गर्नुपर्ने प्रस्ताव राखेका छन्। उनले भने, “जनमत पार्टीसँग एकीकरण गरेर पदमा बस्न चाहन्नँ, मधेसी र जनजातिहरूका लागि लड्न चाहन्छु।” यो एकताले मधेस र थरुहट क्षेत्रका पुराना दलहरू, विशेष गरी लोसपा र जसपा लाई चुनौती दिने सम्भावना छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ