• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पाटन अस्पतालबाट भागे बलात्कार आरोपित, खोज्दै प्रहरी

    785
    SHARES



    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट भागेका छन्। प्रहरीका अनुसार, अछामका १९ वर्षीय दीपक साउद उपचारका लागि अस्पताल लगिएको बेला बुधबार दिउँसो फरार भएका हुन्।

    प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउद शौचालय जाने बहानामा अस्पतालको झ्यालबाट हामफालेर भागेको पाइएको छ। ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नरहरी रेग्मीले घटनाबारे अनुसन्धान भइरहेको बताए। ‘थुनुवा अस्पतालको शौचालय प्रयोग गर्न गएको बेला भागेका हुन्, हामी खोजी गरिरहेका छौँ,’ रेग्मीले भने।

    साउद १७ वर्षीया किशोरीसँग लिभ-इन सम्बन्धमा थिए। केही समयअघि ती किशोरीले बच्चा जन्माएपछि उनले बलात्कारको उजुरी दिएकी थिइन्। कानुनी रूपमा विवाहको उमेर नपुगेको र पीडित किशोरीले न्याय खोजेपछि साउद पक्राउ परेका थिए।

    प्रहरीले फरार अभियुक्तको खोजी तीव्र पारेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ