• आज : २०८१ चैत्र, ०९

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज : २०८१ चैत्र, ०९

    राजनीति

    भारत सरकार परिवर्तनको पक्षमा छैन : परराष्ट्रमन्त्री आरजु राणा

       सञ्चारकेन्द्र    २०८१ चैत्र ०८ गते   ०७:५७ बजे
    2.1K
    SHARES



    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारत सरकार परिवर्तनको पक्षमा नरहेको बताएकी छिन । झन्डै १२ दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले नेपालको आन्तरिक राजनीतिक घटनाक्रमलाई लिएर भारतले हस्तक्षेप गर्न खोजेको बिषय हल्ला मात्रै भएको बताइन ।

    भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटबारे जानकारी दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने कारण प्रस्ट पारिन्। ‘मैले प्रधानमन्त्री मोदीसँग भेटका लागि समय नै नमागेकाले भेट हुने कुरा थिएन,’ उनले भनिन्।

    नेपालमा सरकार परिवर्तन गर्न भारतले भूमिका खेल्न खोजेको चर्चा निराधार रहेको उनको भनाइ छ। ‘भारतले नेपालमा सरकार परिवर्तन गराउने कुनै प्रयास गरेको छैन,’ उनले भनिन्, ‘भारत प्रजातान्त्रिक प्रणालीको समर्थनमा छ र नेपालको स्थायित्व चाहन्छ।’ हालैका राजनीतिक घटनाक्रमबारे भारतमा कुनै छलफल नभएको उनले स्पष्ट पारिन्।

    उनले भारत नेपालमा सधैं प्रजातान्त्रिक प्रणालीको समर्थन गर्ने देश भएको बताइन्। ‘नेपालमा लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउनु पर्छ भन्ने भारतको धारणा छ,’ उनले थपिन्।

    परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी रहेको बताइन्। उनले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाइन्।

      
    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ