• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    नाइट क्लबमा ब्याण्डले प्रस्तुती दिँदै गर्दा अकास्मात् लाग्यो आगो, ५१ जनाको जलेर मृत्यु

    5.5K
    SHARES



    काठमाडौँ । उत्तरी म्याकेडोनियाको नाइट क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु भएको छ।

    गएराति २:३५ बजे उत्तरी म्याकेडोनियको पूर्वी सहर कोकानीमा रहेको पल्स नाइट क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु भएको गृहमन्त्री पन्चे तोश्कोभ्स्कीले पत्रकार सम्मेलनमा बताएका छन्।

    आगलागीमा परी एक सय जनाभन्दा बढी घाइते भएको गृहमन्त्रीलाई उद्धृत गरेर समाचार संस्था एशोशियटेड प्रेसले लेखेको छ। उक्त क्लबमा स्थानीय ब्यान्डले प्रस्तुती दिइराखेको थियो।

    प्रस्तुतीको क्रममा आतिशबाजीहरू गरिएका थिए। आतिशबाजीकै क्रममा क्लबको छतमा आगो लागेको र त्यसबाटै आगो फैलिएको थियो।अधिकारीहरूका अनुसार घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

    तीमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११८ जना घाइते भएका छन्। ‘हामीले घाइतेहरूलाई बचाउन हाम्रो शक्तिले भ्याएसम्मको सबै उपाय अपनाइएको छ,’ उनले भने।

    क्लब रहेको भवन अत्यन्त पूरान रहेको र त्यसमा यसअघि कार्पेट सञ्चालनमा रहेको खुलेको छ। आगलागीबारे थप अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ