• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मध्यराती नेकपा (बहुमत)का पाँचथर जिल्ला सेक्रेटरी गिरफ्तार

    5.6K
    SHARES



    पाँचथर । नेकपा (बहुमत)का ब्यूरो सदस्य तथा पाँचथर जिल्ला सेक्रेटरी डिल्लीबहादुर कटुवाललाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको आरोप लागेको छ। पार्टीका अनुसार कटुवाललाई चैत्र ७ गते राति ९ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा साधा पोशाकका प्रहरीहरू आएर पक्राउ गरेका थिए।

    पार्टीले यस घटनालाई गम्भीर रूपमा लिँदै कटुवालको गिरफ्तारीलाई शान्तिपूर्ण रूपमा हिँडडुल गर्न पाउने तथा संघ संगठनमा आबद्ध हुने नैसर्गिक हकको ठाडो उल्लंघन भएको बताएको छ। पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै कटुवाललाई विनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ।

    “ओली नेतृत्वको संसदीय दलाल पुँजीवादी सरकारले दमनको नीति अख्तियार गरेको छ। निहत्था नागरिकलाई गिरफ्तार गर्नु निन्दनीय कार्य हो। यदि कटुवाललाई तत्काल रिहा नगरे संघर्षका कडा कार्यक्रम घोषणा गरिने र त्यस कारण उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवारी सरकार स्वयंले लिनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यसैबीच, पार्टीले मानव अधिकारकर्मी, पत्रकार, बुद्धिजीवी तथा न्यायप्रेमी जनसमुदायलाई गैर-न्यायिक गिरफ्तारीविरुद्ध आवाज उठाउन अपील गरेको छ। पाँचथर प्रहरी कार्यालयले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ