• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    झापामा दुइटा ट्रकबाट १६ सय किलो गाँजा बरामद, दुई जना पक्राउ

    1.7K
    SHARES



    बिर्तामोड । झापाबाट १६३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।

    झापाको बुद्धशान्ती गाउँपालिका-४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले १६३६ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो।

    सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार झापाबाट इलाम आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ को ट्रकमा चेकजाँच गर्दा ५७ वटा बोरा गाँजा बरामद भएको हो।

    ट्रकमा गाँजा भेटिएपछि चालकहरू धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत पक्राउ परेका छन्।

    साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको डिएसपी थापाले बताए। नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ