नेपालीमा केही उखानहरू छन् – जसको सिङ्ग छैन उसको नाम तिखे, जो तन्नाम गरिब छ उसको नाम धनपति, जसको अनुहार कालो छ उसको नाम गोरे, यस्तायस्तै । नेपालमा जनसंख्याको ७५ प्रतिशत मानिसहरू कम्युनिस्ट छन् । हँसिया हथौडा झण्डा भएका एमाले, माओवादीजस्ता ठूला कम्युनिस्ट नामधारी पार्टीहरू छन् । नेपाल कम्युनिस्ट पार्टी (समाजजादी) क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी, बिप्लवको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी मसाल, मजदुर किसान पार्टी आदि इत्यादी पार्टीहरू छन् । ड्यास माओवादीबाट बिद्रोह गरेर बनेको नेपाल कम्युनिस्ट पार्टीबाट फेरि बिद्रोह गरि बनेको क. कञ्चनको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) ले नेपाल कम्युनिस्ट पार्टी ( क्रन्तिकारी माओवादी )सँग पार्टी एकता गरि क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी बनेको थियो । एकतापछि महाधिबेशनको पूर्वसन्ध्यामा पार्टीभित्र सिद्धान्त नीति कार्यक्रममा बिबाद हुदा बहुमत पक्ष तीन चिरा भएको छ । एक भाग सानो हिस्सा पुर्णसिंहको नेतृत्वमा एउटा पार्टी सानो बनेको छ, एक सानो भाग क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टीमै रहेको छ भने बहुसंख्याक सदस्यहरू लिएर क. कञ्चनले एकता बिफल भयो भन्दै पुरानै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लाई सञ्चालन गरिरहेका छन् । कुन त बिप्लवसँग बिद्रोह गरि अल्पसंख्यकहरूले पुनर्गठन गरेको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) त्यो पनि तीन चिरा हुदा पनि अझै आफ्नो पार्टीलाई (बहुमत) भनेको भन्दै टिकाटिप्पणी गर्नेको कुराले भ्रमहरू सिर्जना नहुने कुरा भएन । सतही रूपमा हेर्दा साँच्चै हो जस्तो भ्रम हुन्छ । तर कुरो यस्तो होइन यथार्थता अर्कै हो ।
कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारीलाई बोल्शेभिक र संशोधनबादीलाई मेन्सिभिक भन्ने गरिन्छ । बोल्सेभिकको अर्थ बहुमतबादी हो र मेन्सेभिकको अर्थ अल्पमतवादी हो । यसमा संख्याको हिसाबमा होइन क्रान्तिकारी सिद्धान्तका हिसाबले कुन बहुमतबादी हो र कुन अल्पमतबादी हो भन्ने छुट्टाइन्छ । नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) ले गर्ने गरेको दावी हामी क्रान्तिकारी हौ भन्ने हो । मेरो दाबी क. कञ्चन मार्क्स, लेनिन, माओका समकक्षी हुन् भन्ने कदापि होइन यिनी के हुन भावि इतिहाँसले बताउला । मार्क्सबादको कखरा सम्म पढेका कम्युनिस्टहरूलाई मेरो प्रश्न छ मार्क्स, लेनिन, माओ बहुमतवादी हुन् कि ? अल्पमतवादी हुन् ? । संख्याकै हिसाबले हेर्ने हो भने यी कुनै पनि बहुमतबादी देखिदैनन् ।
संख्याकै हिसाबले हेर्ने हो भने सबभन्दा अल्पमतमा मार्क्स देखिन्छन् । अब भन्नुहोस् मार्क्स बोल्सेभिक हुन् कि मेन्सिभिक ? कम्युनिस्ट सङ्घको दोस्त्रो महाधिबेशन लण्डनमा भएको थियो र मार्क्स एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणा–पत्र पास भएको थियो । दोस्त्रो महाधिबेशनको लण्डन समितिले मार्क्सलाई ब्रेसेल्स अञ्चल समितिको जिम्मा दिएको थियो । जब सन् १८४८मा युरोप भर क्रान्तिको राँको सल्कियो कम्युनिस्ट सङ्घको लण्डनस्थित केन्द्रीय समितिले ब्रेसेल्स अञ्चल समितिलाई केन्द्रीय समितिको सम्पूर्ण अधिकार सुम्पेको थियो । मार्क्स ब्रेसेल्सबाट लखेटीएर पेरिस आएपछि नयाँ समिति गठन गर्दा मार्क्स अध्यक्ष साप्पेर सचिव र भालाउ, भोल्फ,मोल,बाउएर,एङ्गेल्स सदस्य छानिएका थिए । क्रान्तिले सामन्तवादलाई तहसनहस गर्न सफल भएता पनि सत्ता बुर्जुवाको हातमा गयो । मजदुरहरूले ठूलो मूल्य चुकाएको यस क्रान्तिले कम्युनिस्ट भित्रै फाटो ल्यायो । अब शान्तिपूर्ण रूपमा क्रान्तिको बिकास गर्नुपर्छ भन्ने समूह, क्रान्तिलाई रोक्नै हुन्न भन्ने समूह र तत्काल फेरि क्रान्तिका कुरा गर्नु दुस्साहस हुन्छ भन्ने तीन बिचारहरू आए । मार्क्सको बिचार तत्काल फेरी क्रान्ति सुरू गर्न हुदैन हामीले ५, १०, १५ बर्ष कुर्न सक्नुपर्छ भन्ने थियो, साप्पेरहरू तत्काल क्रान्ति गर्नुपर्छ भन्नेमा थिए, मार्क्सका पक्षमा एङ्गेल्स भोल्फ बाहेक कोही बाँकी रहेनन् । जताततै कम्युनिस्ट क्रान्तिकारीहरूको गिरफ्तार भएपछि सन् १९५२ मा कम्युनिस्ट सङ्घको बिगठन भएको थियो ।
सशोधनवादी अर्थवादीहरूले अन्तर्राष्ट्रिय संगठन खोल्नसक्ने हैसियत राख्दैनथिए । सङ्घको बिगठन पछि मार्क्सको सिद्धान्त अनुरूप युरोपका विभिन्न देशहरूमा मजदुर आन्दोलनको बिकास भयो । विभिन्न देशहरूमा बिकास भएका मजदुर आन्दोलनलाई एउटै धारामा सञ्चालन गर्न अन्तर्राष्ट्रिय संगठनको आवस्यकता महसुस गरि सन् १८६४ मा मार्क्सको पहलमा कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठनको स्थापना भएको थियो । मजदुर आन्दोलनको उच्च रूप पेरिस कम्युनमा अघि आयो । यस समयमा मार्क्सको लडाई य्रुडोनवाद, लासालवाद,बाकुनिनवादका बिरूद्ध रह्यो । सन् १८७२मा भएको हेग महाधिबेशनमा मार्क्सका नीतिकार्यक्रमहरू पास भएता पनि विभिन्न कारणले गर्दा अन्तर्राष्ट्रिय संगठन कायम रहिरहेमा प्राप्त उपलब्धिहरू पनि गुम्ने महसुस गरि अन्तर्राष्ट्रिय संगठन स्थगित गरिएको थियो र मार्क्सको जीवनकालको अन्तिम समयमा औपचारिक कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन नै थिएन । यसरी हेर्दा मार्क्स बोल्सेभिक कान्तिकारी बहुमतवादी हुन् ? कि मेन्सेभिक अल्पमतवादी हुन् ? मार्क्स अवस्य पनि क्रान्तिकारी बहुमतवादी हुन् भनेर सबैले स्वीकार गर्नछन् होइन र ?
रूसमा सन् १८९८ मा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको प्रथम महाधिबेशन हुदा लेनिन निर्बासनमा थिए, उनी महाधिबेशनमा थिएनन् र उनका दस्ताबेज पनि थिएनन् । महाधिबेशनको घोषणा पत्र तथा बिधान पनि थिएन । तर लेनिनले यस महाधिबेशनलाई महत्व दिएर दोस्त्रो महाधिबेशनमा पेस गर्ने दस्ताबेजहरू तयार गरेका थिए । सन् १९०३ रसियाली सामाजिक जनवादी मजदुर पार्टीको दोस्त्रो महाधिबेशनमा लेनिनको दस्ताबेज पास भएता पनि बिधान पास गर्दा मार्तोभको पक्षमा बहुमत भएको थियो र बहुमतले बिधान पास भएको थियो । पछि मार्तोभ पक्षका केही सदस्यहरूले बैठक बहिास्कार गर्दा लेनिनले बहुमत प्राप्त गरेका थिए । आफुलाई बोल्सेभिक बहुमतवादी र मार्तोभ पक्षलाई मेन्सेभिक अल्पमतवादी भनेका थिए । तेस्त्रो महाधिबेशन छुट्टाछुट्टै भएका थिए । कता धेरै थिए कता थोरै थिए संख्याको हिसाब भएन । चौथो महाधिबेशन संयुक्त भएको थियो । यस महाधिबेशनमा लेनिनको पूरा हार भएको थियो र सबै प्रस्ताबहरू मेन्सेभिकहरूका पास भएका थिए । पाँचौ महाधिबेशनमा लेनिनको बहुमत भएता पनि रूसभर लेनिनका मात्र रसियन सामाजिक जनवादी मजदुर पार्टी थिएनन्, अन्यका पनि थिए । पछि जारसँग सङ्घर्ष क्रान्ति गरेर रूसभर ६५० सोभियतहरू गठन भएका थिए । लेनिनका पक्षमा जम्मा २५० मात्र सोभियतहरू थिए । संख्याका हिसाबले लेनिनलाई बहुमत भन्न सकिने देखिदैन । लेनिनले आफ्नो सिद्धान्तका भरले सबै सोभियतहरूलाई समेटेर सोभियत सङ्घ गठन गरेका हुन् । यसरी हेर्दा बहुमत संख्या होइन सिद्धान्त हो भन्ने बुझिन्छ ।
चीनमा सन् १९२१ मा कम्युनिस्ट पार्टी गठन हुँदा माओ केन्द्रीय समिति मै परेका थिएनन् । १९२१ देखि १९३१ सम्म चेन् तु स्यु महासचिब थिए, उनी क्रान्तिकारी नभएर बुर्जुवा बिचारका थिए। त्यसपछि उग्रवादी च्यु पाई, चु चु पाई, वाङ्गमिनहरू नेतृत्वमा गए । माओ कहिल्यै चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव महाधिबेशनबाट चुनिएका थिएनन् । चिनियाँ सोभियतको प्रथम महाधिबेशनबाट सोभियतको अध्यक्ष चुनीएका थिए । यसै सोभियतले चिनियाँ कम्युनिस्ट पार्टीमा नेतृत्व गर्दा माओ पार्टीको पनि अध्यक्ष भएका हुन् । माओको नेतृत्वको पार्टीले क्रान्ति गरि च्याङ्काइसेक, अमेरिकी साम्राज्यवादलाई हराएपछि पनि चीनमा कम्युनिस्टको एकल सरकार बनेको होइन । कम्युनिस्ट पार्टीको नेतृत्वमा विभिन्न पार्टी मोर्चाहरूको सल्लाहाकार समितिको बैठक गरि माओले सरकार गठन गरेका हुन् । यसरी हेर्दा माओ पनि निर्पेक्ष रूपमा बहुमतमा देखिदैनन् । माओको बहुमत पनि बिचारकै बहुमत हो ।
क. कञ्चनको पार्टीले आफ्नो पार्टीलाई बहुमत भन्ने हैसियत राख्छ कि राख्दैन यसको बर्तमान र भविष्यको इतिहासबाट थाहा हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी चुनावलाई लिएर सधै बिबादहरू भैरहेका छन् । माओको भनाइमा प्रतिक्रियावादी चुनावको सबाल कार्यनीतिक सवाल हो । यदी पार्टी कमजोर स्थितिमा छ भने यस्ता चुनावहरूलाई उपयोग गरेर प्रतिक्रियावादी माथि हस्तक्षेप गर्नुपर्छ, यदी पार्टी बलियो छ भने यस्ता चुनावहरू बहिस्कार गरेर क्रान्ति सुरू गर्नुपर्छ । यस्तो प्रयोग हालका माओवादी घटकहरूको पूर्व पार्टी नेपाल कम्युनिस्ट पार्टी ( एकता केन्द्र ) ले गरेको अनुभव पनि हामीसँग छ । यही एकता केन्द्र नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) भएर दशबर्ष जनयुद्ध चलायो । जनयुद्ध सफल वा असफल दोधारबाट अबतरण भयो । माओवादी जनयुद्धको लोकतान्त्रिक गणतन्त्रमा अबतरण हुनुमा दोस्त्रो राष्ट्रिय सम्मेलन, चुङ्गबाङ्ग बैठक, प्रचण्डपथ आदि निर्णयहरू छन् । यिनीहरूको छुट्टै मूल्याङ्कन गर्न सकिएला यहाँ उठाउन खोजेको कुरा के हो ? भने यति हुदा हुँदै पनि यदी लोकतान्त्रिक गणतन्त्र आउने परिस्थिति बनेमा २५० बर्षदेखिको राजतन्त्रका ठाउँमा लोकतान्त्रिक गणतन्त्र गुणात्मक रूपमै प्रगतिशिल हो, यसका लागि अन्य संसदीय पार्टीहरूसँग सहकार्य गर्नु गल्ति हुनेछैन र गर्नु पर्छ ।
यदी लोकतान्त्रिक गणतन्त्र आइहालेमा प्रतिक्रियावादीहरूले यस गणतन्त्रलाई दलालपुँजीवादी गणतन्त्रमा परिणत गर्न कोसिस गर्नेछन् , हामीले यस गणतन्त्रमा पार्टीको मुख्य नेतृत्वका मानिसहरू बाहिरै रहेर लोकतान्त्रिक गणतन्त्रलाई जनगणतन्त्रमा लैजाने भुमिका खेल्ने र दोस्त्रो वा तेस्त्रो तहका नेताहरूलाई चुनावमा पठाएर प्रतिक्रियावादीहरू माथि हस्तक्षेप गर्ने भन्ने निर्णय भएको थियो, यो निर्णय सही थियो । परिस्थिति पनि बन्यो, संसवादीहरू दलहरूसँग मिलेर जनआन्दोलन पनि भयो । राजतन्त्र हटाएर लोकतान्त्रिक गणतन्त्र पनि घोषणा भयो, माओवादीकै एजेण्डाअनुसार संविधान सभाको चुनाव पनि हुने भयो । माओवादीका प्रमुख नेताहरूले यो निर्णयको उलङ्गन गरे जम्मा पैतिस जना केन्द्रीय सदस्यहरू मध्ये अध्यक्ष, उपाध्यक्षहरू, महासचिव, सचिव कोषाध्यक्ष लगायत सिनियर सबै नेताहरू संसदीय निर्वाचनमा भाग लिन गए । केन्द्रीय समितिका सिमित सदस्यहरू मध्ये संविधान सभाको चुनावमा भाग नलिएका मध्येका एक जना क. कञ्चन पनि हुन् ।
संविधान सभामा २२० सिट जितेपछि मुख्य नेतृत्वका मानिसहरूले शान्तिपूर्ण रूपमा यही ब्यवस्थाबाटै जनताको ब्यवस्था ल्याउन सकिन्छ, अबको बाटो शान्ति र संविधान सभाको भन्न थालेपछि क्रान्तिकारीहरूले पार्टी पुनर्गठन गरि ड्यास माओवादी गठन गर्दा क. कञ्चन ड्यास माओवादी गठन गर्न सकृय रहे । ड्यास माओवादीको मुख्य नेतृत्वमा अकर्मण्यता देखियो भन्दै बिप्लवको नेतृत्वमा पुन नेपाल कम्युनिस्ट अर्को पार्टी पुनर्गठन भयो । ड्यास माओवादीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत ) सँग पार्टी एकता गरि नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) बनेर २०७४ सालको संघीय संसदको चुनावमा हस्तक्षेप गर्ने उद्देस्यले होइन सुधार गर्ने घोषणा पत्र लेख्दै चुनावमा गयो । अब संसद बाहिर बिप्लवले नेतृत्व गरेको पार्टी मात्र थियो र सशस्त्र संघर्षमा पनि थियो । जब क. बिप्लवले सरकारसँग शान्तिपूर्ण रूपमा राजनीतिक क्रियाकलाप गर्ने भन्दै तीन बुदे सम्झौता गरे अब संघर्षमा रहेको कुनै पार्टी रहेन ।
२०७९को संघीय संसदको चुनावको पूर्वसन्ध्यामा भएको नेपाल कम्युनिस्ट पार्टीको आठौ केन्द्रीय समितिको बाह्रौ बैठकमा महासचिवको हैसियतले क. बिप्लवले पेस गरेको दस्ताबेजमा अबको क्रान्तिको कार्यभार संसदीय चुनावमा भाग लिएर पूरा गर्ने भन्ने आउँदा केही सिमित १०/१२ जना बाहेक पूराका पूरा सदस्यहरू यो प्रस्तावको बिपक्षमा देखिएका थिए । पछि क. कञ्चनले क्रान्तिको रक्षाका लागि भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) पुनर्गठन गर्दा बिप्लवका बिपक्षमा रहेका सबै सदस्यहरू यसमा समावेश भएनन् । यो पनि संख्याका हिसावले होइन सिद्धान्तका हिसावले बोल्सेभिक बहुमत भनिएको थियो ।
क्रान्तिकारीहरूका बीच एकता गरेर क्रान्तिलाई अघि बढाउन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) सँग पार्टी एकता गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गर्दा उनी सहसंयोजक भएका थिए । क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी महासंघ जस्तो थियो । यसमा ड्यास माओवादी, एकीकृत, मालेमा, सर्वहारावादी श्रमिक संगठन, जातीय मोर्चा, नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) नेपाल कम्युनिस्ट पार्टी मशाल आदि समुहहरूको आ– आफ्ना समुहहरू यथावत थिए । धेरै समुहहरूले बिगतको माओवादी जनयुद्धलाई अझसम्म आतङ्कवादी थियो भन्ने मान्यता राख्दथे । जनवादी केन्द्रीयताका आधारमा सबै समस्यहरूको हलगर्दै क्रान्तिकारी पार्टी गठन गर्न पार्टीको नवौ महाधिबेशनको पनि मिति निश्चित भएको थियो । तर पार्टीका संयोजक जडशुत्रवाद र अनुभववादभन्दा बाहिर निक्लन सकेनन । जुन समयमा नेपालमा सकृय राजतन्त्र थियो र नेपाली काङ्गेस पुर्ण रूपमा भारतको बुई चडेर नेपालमा संसदीय ब्यबस्था ल्याउन लागि परेको थियो त्यस समयमा नेपाल अर्ध सामन्त र अर्ध उपनेबेशिक अवस्थामा छ भन्नू सही थियो । अहिले देशमा राजतन्त्र छैन, भारतको मात्र एकल उपनिबेश पनि पनि छैन ।
देशमा दलालपुँजीवाद आएको छ र बिश्वभरका साम्राज्यवादीहरू विभिन्न दलाल मार्फत नेपालको राजनीतिमा प्रबेस गरेर नवउपनिबेश कायम गरेका छन् । जडसुत्रवादले परिस्थितिमा भएको परिबर्तनलाई देख्दैन पहिला जे सही थियो त्यही सधै सही हुन्छ भन्छ, संयोजकले महाधिबेशनमा पेस गर्ने दस्ताबेज मुख्य हुन्छ अन्य दस्ताबेज अभिलेख मात्र हुन् भन्दै देश अर्धसामन्त र अर्धउपनिबेशिक अर्थात नवउपनिबेशिक अबस्थामा छ अब हुने क्रान्ति पनि नयाँजनवाद हो । नयाँ जनवादमा टेकेर समाजवादमा जान सकिन्छ यो भन्दा अरू हुनै सक्तैन भन्ने ल्याएपछि यो महाधिबेशनको औचित्य रहेन भन्दै एकता असफल भयो हामी पूर्ववत पार्टी नै चलाउने भन्दै बाहिर आएका छन् । क. कञ्चनको भनाइमा मुख्य समस्या संयोजकमा छ भनेका छन् ।
संयोजकमा रहेको जडसुत्रवादी र अनुभववादी चिन्तनले पार्टी संगठनात्मक हिसाब र सैद्धान्तिक हिसाबले पनि सारसंग्रहवादमा फस्दछ । सारसंग्रहवादबाट मनोगतवादमा जान्छ र पार्टी अकर्मण्यतावादमा पुगि बिसर्जनवादमा जान्छ भन्दै बिसर्जनवादमा गएपछि पार्टी पुनर्गठन गर्नु भन्दा अहिल्यै एकता असफल भयो भन्दै पुर्व पार्टीद्वारा क्रान्तिको कार्यभार अघि बढाउन लागिपरेको बताएका छन् । मार्क्सवाद लेनिनवाद माओवादलाई पार्टीको मार्गनिर्देशिक सिद्धान्त बनाउदै क्रान्तिकारी पार्टी संगठन, सशस्त्र र निसशस्त्र संघर्षको थालनी, बर्गसंघर्षलाई प्रथमिकता, उत्पीडित बर्गको सेवा जनसरकारहरूको गठन,गर्दै माओको निरञ्तर क्रान्तिको नीतिलाई आत्सात गर्दै अघि बढ्ने नीति कार्यक्रम बनाए भने क. कञ्चनले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई बोल्सेभिक बहुमत भन्दा ठिक हुन्छ । अहिले कम्युनिस्ट आन्दोलन संसदीय मुल प्रबाहमा गएको समयमा यदी यो पार्टीले क्रान्तिको झण्डालाई उठाइरहन्छ भने बोल्सेभिक बहुमत भन्नू न्यायसंगत नै हुनेछ ।
प्रतिक्रिया