काठमाडौँ । विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) शनिबारदेखि सुरू हुँदैछ। १८ औं संस्करणको आइपिएलको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लुरू भिड्दैछन्।
उद्घाटन खेल नेपाली समयअनुसार आज बेलुकी ८ बजेदेखि सुरू हुनेछ। इडेन गार्डेनमा खेलअघि उद्घाटन समारोह हुनेछ। समारोहमा विभिन्न कलाकारहरूले प्रस्तुती दिनेछन्।
कोलकाताले अहिलेसम्म तीन पटक आइपिएल उपाधि जितेको छ। अघिल्लो सिजनमा सनराइजर्स हैदरावादलाई फाइनलमा पराजित गर्दै कोलकाताले तेस्रो पटक उपाधि जितेको थियो।
आइपिएलमा पछिल्लो पाँच खेलमा चार खेल कोलकाताले जितेको छ भने एक पटकमात्रै बेंग्लुरू विजयी भएको छ। विराट कोहली रहेको आरसिबीमा कप्तान रजत पाटिदार छन्।
टिममा देवदत पाडिकल, स्वस्तिक चिकारा, टिम डेविड, जेकब बेथेल, क्रुनाल पाण्डे, लियम लिभिङस्टोन, मनोज भनडागे, मोहित राठी, रोमारियो शेफर्ड, स्वप्निल सिंह, जितेश शर्मा, फिल सल्ट, अभिनन्दन सिंह, भूवनेश्वर कुमार, जोश हेजलवुड, लुंगी एनगिडी, नुवन थुसारा, रसिश सलाम, सुयश शर्मा र यस दयाल छन्।
केकआरमा कप्तान अजिन्क्य रहाने, अंक्रिश रघुवंशी, मनिष पाण्डे, रमनदीप सिंह, रिंकु सिंह, आन्द्रे रसेल, अंकुल रोय, मोयन अली, रोवमन पवेल, सुनिल नारायण, वेंकटेश ऐयर, लुभनिथ सिसोडिया, क्वीन्टन डिकक, रमनउल्लाह गुर्बाज, एनरिक नोर्ट्जे, चेतन सकारिया, हशरत राना, मयंक मार्कन्डे, स्पेन्सर जोनसन, उमरान मलिक, वैभव अरोरा र वरूण चक्रवर्थी छन्।
प्रतिक्रिया