• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी प्रवास

    भूकम्प पीडितको राहतमा जुट्यो एनआरएनए, अध्यक्ष कुँवरले गैरआवासीय नेपालीलाई गरे अपील

    13.4K
    SHARES

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पीडितको राहत र उद्दार तथा सहयोगको लागि अपील गरेको छ । संघका अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङले विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएका राष्ट्रिय समन्वय परिषद्लाई सहयोगको लागि अपील गरेका छन् ।

    शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पका पीडितको सहयोगको संघले अपील गर्दै स्थानीय आवश्यकताका आधारमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ । विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जी र घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ ।

    जारी विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घडीमा गैरआवासीय नेपाली संघ अन्य सहयोगी संस्थाहरुको सहकार्यमा स्थलगत अध्ययन गरी केकस्ता सहयोग तथा उद्धार गर्दा बढी प्रभावकारी हुनुका साथै स्थानिय आवश्यक्ता पूरा गर्न सकिन्छ सोहि अनुसार रहात तथा उद्धार कार्यमा संलग्न हुनेछ र विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरु तथा सहयोगी मनहरुलाई यस कार्यमा सहयोग गर्न संघ अपिल गर्दछ ।”

    अधिकांश घरहरु माटोको जाडाईबाट निर्माण भएका कारण भूकम्पले धेरै घरहरु भत्किएपछि नागरिकहरु चौरमा बसेका र खोज तथा उद्दार कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने भन्दै संघले प्रभावित क्षेत्रमा सहयोग आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ