News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विशेष

नेपाली किशोरीलाई बली चढाउन भारत लगिएको आशंका, ६ पक्राउ

1.7K
SHARES


काठमाडौं । बली चढाउन भन्दै भारत लगिएको आशंका गरिएको एक जना किशोरीको प्रहरीले उद्दार गरेको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्दार गरेको हो ।

ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्दार गरिएको छ । उनलाई बिहीबार उद्दार गरेर नेपाल ल्याइएको श्रेष्ठले बताए ।

बालिकालाई भारत लैजाने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अझै अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक भने गरेको छैन ।

प्रहरीका अुनसार पीडित किशोरीलाई १७ मंसिरमा मामा घरबाट काठमाडौं ल्याएर राखिएको थियो । त्यसक्रममा पीडितलाई आफन्तसँग समेत सम्पर्क गर्न नदिइ बन्धक बनाएको पाइएको एसएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार २० पुस विभिन्न व्यक्तिहरु मिलेर उनलाई स्थलमार्गबाट सुनौली नाका हुँदै भारतको नयाँ दिल्ली पहाडगञ्ज लगेका थिए । पक्राउ परेकाहरुले दिएको बयान अनुसार उनीहरुलाई कम्तिमा ५ फिट ४ इञ्च उचाइ भएको, शरीरमा कुनै दाग वा ट्याटु नभएको र कुनै अंगमा चोटपटक नभएको, रजश्वला नभएको किशोरी ल्याउन भनिएको थियो ।

पीडित किशोरीलाई एक जना तान्त्रिक बाबासँग भेटाइदिएर खुशी बनाए अथाहा पैसा पाउने भनिएको प्रहरीको भनाइ छ । ‘बालिकालाई भारतको विभिन्न स्थानमा रहेका ३ जना फरकफरक तान्त्रिकसँग भेटाएको पनि पाइएको छ’, श्रेष्ठले भने, ‘हाल किशोरीलाई एक सामाजिक संस्थाको सेल्टरमा राखिएको छ ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया