• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News कभर स्टोरी

    जनयुद्ध दिवसको अबसरमा आज मधेश प्रदेशमा सार्वजनिक विदा

    6.7K
    SHARES

    काठमाडौँ । मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।

    यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

    यश अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    आइतबार दिउँसो १ बजे देखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालबाट समेत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मन्त्री साहले बताए । कोरोना संक्रमणको बेला भिडभाड नहोस् भन्दै यसलाई मध्यनजर गरि टिभी र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको बताए ।

    घरमै बसेर सुन्न र देख्न सक्ने हुनाले सर्वसाधारणको लागि व्यवस्था गरिएको उनले स्पष्ट पारे । यस्तै आज देशभर विभिन्न माओवादी घटकहरुले जनयुद्ध दिवश मनाउदै छन् । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले बिशेष कार्यक्रम गरेर जनयुद्ध दिवश मनाउने भएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ