• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    बास्कोटाको घरमा शक्तिशाली ब’म बि’स्फोट भएलगत्तै प्रचण्डले मुख खोले,कसलाई के भने ?

    7.6K
    SHARES

    काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा ब’म बि’स्फोट भएको छ । उक्त श’क्ति’शा’ली ब’म बि’स्फोट भएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्त्सना गरेका छन् । ब’म बि’स्फोट भएको केहि घण्टामै बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै बाँस्कोटाको निजी निवासमा भएको उक्त ब’म विस्फोटको भर्त्सना गरेका हुन् ।

    अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा “आ’तं’ककारी समूह”ले ब’म प्रहार गरेर बाँस्कोटाको निजी निवासमा क्षति पुर्‍याइएको भन्दै निन्दा गरिएको छ । प्रचण्डले घटनामा संलग्न ‘अपराधी’लाई तत्काल नियन्त्रणमा लिइ आवश्यक कानूनानुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

    सेक्युरिटी प्रेस मेसिन खरिदसम्बन्धी काण्डमा मुछिएका तत्कालिन संचारमन्त्री गोकुल बास्कोटामाथि चेतावनीपूर्ण सांकेतिक कारवाही गरिएको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । सेक्युरिटी प्रेस मेसिन खरिद प्रकरणमा ७० करोड कमिशन मागेको प्रष्ट अडियो सार्वजनिक हुँदा पनि प्रधानमन्त्री केपी ओलीले कारवाहीको गर्नुको साँटो उल्टै बचाउ गरेपछि जनताको तर्फबाट ‘प्रतिनिधि कारवाही’ गरिएको नेकपाका एक नेताले संचारकेन्द्रलाई बताए ।

    बुधाबर संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएका एक नेकपा नेताले भने -‘भ्रष्ट र कमिसनखोरहरुलाई यो जनताको जवाफ हो ।’ नेकपाले यसघि नै बास्कोटामाथि कारवाही गर्ने चेतावनी दिइसकेको थियो । अडियो का’ण्ड बाहिरिएपछि गत ९ गते एक बिज्ञप्ति निकाल्दै नेकपा महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिदसम्बन्धी का’ण्डमा प्रम केपी वलीकै संलग्नता भएको आशङ्का गरेका थिए ।

    विप्लवले विज्ञप्ति जारी गर्दै उक्त का’ण्डसँग प्रत्यक्ष जोडिएका गोकुल बास्कोटालाई कारबाही गर्न पनि माग गरेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी का’ण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरङ्गित भएको छ । सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ । तर प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन् ।’

    ओली सरकार देशका निम्ति अभिशाप भएको विप्लवको ठहर छ । उनले भनेका थिए – ‘केपी वली सरकार देशका निम्ति अभिशाप भएको छ । पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित छ । यो काण्डमा प्रम वलीकै संलग्नताको आशङ्का छ । हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ ।’

    उक्त चेतवानी दिएको ठ्याक्कै १५ दिनपछि आज नेकपाले बास्कोटाको घरमा बिस्फोट गराएको हो । फागुन ८ गते । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ठेकेदारसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिनु पर्‍यो । कुनै पनि मन्त्रीले पदबाट राजीनामा दिएपछि उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरु क्रमश फिर्ता गर्ने गरिन्छ ।

    नेपाली सेनाबाट खटाइएका पीएसओ बाँस्कोटाले राजीनामा दिएकै दिन फिर्ता भइसकेका थिए । तर, नेपाल प्रहरीका केही सुरक्षाकर्मीहरु भने उनीसँगै थिए । प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका बाँस्कोटाको सुरक्षाका लागि विस्तारै थप सुरक्षाकर्मी पनि परिचालन हुन थाले । कारण थियो– विप्लवको चेतवानी ।

    प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयकै निर्देशनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बाँस्कोटाको सुरक्षाका लागि प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा एउटा नयाँ टिम परिचालन गरेको थियो । उक्त टिमले बास्कोटा बस्ने बालकोटस्थित ओली निवास तथा उनी जाने सम्भावित ठाउँमा सुरक्षा चुनौतीको विश्लेषण गरी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी आयुक्तको कार्यलय रानीपोखरीलाई रिपोर्ट दिने जिम्मेवारी पाएको थियो ।

    यस्तै, महानगरीय प्रहरी परिसर भक्तपुरले बास्कोटाको लोकन्थलीस्थित निजी निवासको सुरक्षाका लागि पनि छुट्टै टिम खटाएको थियो । बाँस्कोटाको लोकन्थलीस्थित निवासका लागि प्रहरी हवल्दारको नेतृत्वमा करिब ३ जना प्रहरीको टोली परिचालन गरिएको थियो ।

    उक्त टोलीले बास्कोटाको लोकन्थलीस्थित निवास क्षेत्रमा दिनको ३ पटक आनिवार्य गस्ती गर्ने गर्दथ्यो । बुधबार पनि बिहान करिब ७ः३० बजेतिर उक्त टोली बाँस्कोटाको लोकन्थलीस्थित निवास क्षेत्रमा गस्ती गरेर ‘फर्किएको’ थियो । तर, प्रहरीको टोली गस्ती गरेर फर्किएको केही मिनेटमै (बिहान करिब ७ः५० बजेतिर) बाँस्कोटाको लोकन्थली निवासमा ब’म वि’स्फोट हुन पुग्यो ।

    बिस्फोट भएको ठाँउमा नेकपाले आफ्नो पार्टीको पर्चा समेत छोडेको छ । उक्त पर्चामा नेकपाले बास्कोटामाथि कारवाही गर्नुका १० कारण खुलाएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाे, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाे, १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाे, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाे पर्चामा उल्लेख छ ।

    त्यस्तै मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाे, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाे, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाे, राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाे पनि पर्चामा उल्लेख गरिएको छ ।

    त्यस्तै आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाे र देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले कारवाही गरिएको पर्चामा उल्लेख छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ