• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    म्याग्दी र बागलुङमा पहिरोले ८ जनाको ज्यान गयो

    187
    SHARES



    पोखरा । म्याग्दी र बागलुङमा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नम्बर ३ को दानामा घर पुरिएर २ जना र वडा नम्बर ५ मा पनि २ जनाको ज्यान भएको हो ।

    ‘गाउँपालिकाभरि नै अवस्था निकै नाजुक छ । वडा नम्बर ३ दानामा घर पुरिएर दुई जना र वडा नम्बर ५ मा पहिरोमा परेर दुई जना गरी चार जनाको मानव क्षति भइसकेको छ,’ उनले भने । पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल पुग्न समस्या भएको उनले बताए ।

    त्यस्तै बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ हर्दरामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।

    माथिबाट अकस्मात खसेको पहिरोले घर पुरिएको हो । घरमा रहेका ५ जनामध्ये ४ जनाको मृत्यु भएको पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले जानकारी दिए ।

    मृत्यु हुनेमा ३९ वर्षकी श्यामकुमारी विक, उनका छोराहरु १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हो ।

    उनका अनुसार, ५ जना रहेकोमा एक जना बिहानै घरबाट बाहिर निस्किएकाले ज्यान जोगिएको बताइएको छ । घरभित्र रहेका अन्य चार जनाको पुरिएर मृत्यु भएको बताइएको छ ।

    पहिरोको खबर पाएलगत्तै वडा अध्यक्ष तथा प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउँदैछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ