• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्वदेश फर्किए प्रधानमन्त्री शाह, विमानस्थलमा तामझामबिनै तीन मन्त्रीले गरे स्वागत

    248
    SHARES



    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह कतारको दोहा हुँदै शनिबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडक राज पौडेल (गनेस) ले उनको स्वागत गरे।

    प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमणका रूपमा १४ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। विगतमा प्रधानमन्त्रीको प्रस्थान र आगमनमा देखिने गार्ड अफ अनर, रेड कार्पेट र औपचारिक तामझाम यसपटक भने देखिएन। भ्रमणमा जानुअघि जस्तै फर्कने क्रममा पनि औपचारिक स्वागत कार्यक्रम राखिएको थिएन।

    न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुका साथै महासभालाई सम्बोधन गरेका थिए।

    सम्बोधनका क्रममा उनले नेपालले भोगिरहेको जलवायुजन्य विपत्तिको मुद्दालाई प्रमुखताका साथ उठाए। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीलाई ‘हिमालयको सुनामी’का रूपमा चित्रण गर्दै उनले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम भए पनि नेपालले जलवायु परिवर्तनको भारी क्षति व्यहोर्नुपरेको बताए। उनले हिमनदी पग्लिने, पहिरो जाने र पूर्वाधार नष्ट हुने जस्ता समस्याप्रति विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ