• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    तीन लाख मुनि ओर्लियो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    1.1K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

    हिजो (मंगलबार) प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा आठ हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

    मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

    मंगलबार प्रतितोला चार हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय पाँच अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ