• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने इतर पक्षको निर्णय

    116
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन आउँदो मंसिर २१, २२ र २३ गते गर्ने भएको छ। शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले महाधिवेशनको मिति सार्वजनिक गरेका हुन्।

    महाधिवेशनको पूर्वतयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुने डा. महतले जानकारी दिए। एकताको महाधिवेशनका लागि अन्तिमसम्म प्रयास गरे पनि सहमति जुट्न नसकेपछि आपत्कालीन रूपमा छोटो समयमै अधिवेशन सम्पन्न गर्ने निर्णयमा पुगिएको उनको भनाइ छ।

    भर्खरैको अविरल वर्षाका कारण केही काम प्रभावित भए पनि केन्द्रीय कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी अघि बढिसकेको उनले बताए। अधिवेशनलाई छिटोछरितो र निष्पक्ष बनाउन स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचनको अनुभव भएका व्यक्तिहरूको सहयोग लिइने रणनीति बनाइएको छ।

    नवीकरण भएका र नयाँ क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ। छुटेका व्यक्तिहरूले असोज १५ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी क्रियाशील सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको छ।

    अधिवेशन सञ्चालनका लागि निर्वाचन अधिकृतहरू एक-दुई दिनभित्रै जिल्ला-जिल्ला पुग्नेछन्। वर्षा वा अन्य व्यावहारिक कठिनाइका कारण असोज १५ गते नै वडा अधिवेशन हुन नसकेमा जिल्ला समितिको सल्लाहमा असोज १६ वा १७ गतेसम्म सम्पन्न गर्न सकिने लचकता समेत अपनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ