• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर मुख्य समाचार

    नेकपाको बन्दले बिहानैदेखि काठमाडौं ठप्प, तस्वीरसहित

    13.5K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण काठमाडौं उपत्यकामा बिहानैदेखि सडक खालि देखिएछन् । बिहानी सेवाका शैक्षिक सस्थाहरु ठप्प छन भने कल कारखाना, बजार ब्यबसाय पनि ठप्प छ ।

    राजधानीबाट बाहिर लामो दूरीका सवारी साधन पूर्णरुपमा ठप्प छन् । फ्याट्टफुट्ट केहि ट्याक्सी र मोटरसाइकल भने भित्री सडकमा चलेको देखिन्छ । डकमा सुरक्षाकर्मी, दूध, तरकारी, पेट्रोलियम पदार्थ, एम्बुलेन्स भने निर्बाध लचेका छन् । बन्दको प्रभाव राजाधानी बाहिरका जिल्लाहरुमा व्यापक देखिएको छ ।

    सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्दको आयोजना गरेका हो । पार्टी महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

    विप्लवले चरणबद्ध संघर्षका कार्यक्रमसहित नेपाल बन्दको आह्वान गरेका थिए । जसअनुसार नेपाल बन्द सफल पार्न फागुन २५-२६ प्रचारप्रसार, फागुन २७ कोणसभा, फगुन २८ फागुन २९ मशालजुलुससहित भोलिको लागि नेपाल बन्दको आह्वान गरिएको थियो ।

    बन्दका कारण काठमाडौँसँगै झापाको सदरमुकाम बिर्तामोड, विराटनगर, धरान, धनकुटा, उदयपुर, सुनसरीको इटहरी, मकवानपुर, काभ्रे, सिन्धुली, रामेछाप, चितवन, कास्की, गोरखा तनहु, धादिङमा नेकपाका कार्यकर्ताले सडकमा फाट्टफुट्ट देखिएका छन् ।

    बन्दका कारण पोखरा बिहानैदेखि ठप्प छ । पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

    उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । बम कसले राख्यो भन्ने खुलेको छैन । शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।

    उता मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

    मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए । ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

    अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन । यसैबीच, पूर्वपश्चिम राजमार्गको हेटौंडा औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला परेको छ ।

    निलो प्लाष्टिकमा बेरेको अवस्थामा शांकाष्पद वस्तु भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहले जानकारी दिए । शंकास्पद वस्तु भेटिएको जानकारी आएलगत्तै सेनाको बम डिस्फोज टोली बोलाएर डिस्फोजको प्रयास भइरहेको उनले बताए ।

    पत्रकार धनन्जय बुढाले कैद गरेका केहि तस्वीरहरु हेर्नुहोस्

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ