• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    हेर्दाहेर्दै जलेर खरानी भयो बन्दमा चलेको स्कूल बस

    65.4K
    SHARES



    हेटौँडा । 

    कमवानपुरमा एउटा स्कूल बसमा आगजनी गरिएको छ । बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको हो ।

    नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेर बस संचालन गरेको भन्दै आगजनी गरिएको बताइएको छ ।

    मंगलबार विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ ।

    बन्द अवज्ञा गरेको भन्दै काठमाडौंसहित देशका बिभिन्न ठाउँमा सवारीसाधनमाथ तोडफोड र आगजनी भएको छ ।  पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा नेकपाले अाज नेपाल बन्दको अाह्वान गरेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ