• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो

    शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’

    4.2K
    SHARES



    काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा गायिका शान्तिश्री परियारको स्वर रहेकाे छ ।

    गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ भने भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको छ । प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।

    गीतकार श्रेष्ठ हाल सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बसोबास गर्दै क्यालिफोर्निया राज्यको डाटा एनालिस्टको रूपमा काम गर्दै छन्, विदेशी भूमिमा रहेर व्यस्त कामका बावजुद पनि नेपाली संस्कृति, परम्परा र महिलाको सम्मानलाई प्राथमिकता दिँदै उनले यो गीत तयार गरेका हुन् ।

    श्रेष्ठले यस अघि दुई वटा गीतहरू ‘मायालु’ र ‘तिमी हिड्ने गल्ली’ सार्वजनिक गरिसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ