• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    गीत-सङ्गीत भिडियो मनोरञ्जन

    ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’

    1.7K
    SHARES



    काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ ।

    विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

    ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक-श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भने, ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताए ।

    गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिएकी ममता सानैदेखि गीत संगीतमा रुची राख्थिन, उनि यतिवेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आएकी छन् ।

    ‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बढी आमाको र स्वर्गीय मामाको सपना थियो, जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु’, ममता भन्छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया