• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत भिडियो

    दीपिका मगरको नयाँ तीज गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’ सार्वजनिक

    402
    SHARES



    काठमाडौं । नेपाली तीज गीत–सङ्गीतमा नयाँ स्वाद थप्ने उद्देश्यसहित गायिका दीपिका बयाम्बु मगरको स्वरमा सजिएको नयाँ तीज गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’ सार्वजनिक गरिएको छ। गीत गोविन्द अनेकको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

    लोकलयमा आधारित यस गीतले अविवाहित युवतीहरूले समाजमा भोग्नुपर्ने जिज्ञासा, अनावश्यक टिप्पणी, सामाजिक दबाब तथा विवाहप्रतिको आफ्नै चाहनालाई रोचक र व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ। सरल, मौलिक र जनजीवनसँग नजिक रहेका शब्दहरूले गीतलाई अझ प्रभावशाली बनाएको छ।

    गीतमा शब्द, संगीत, एरेन्ज, रेकर्डिङ तथा रेकर्डिस्टको जिम्मेवारी गोविन्द अनेकले सम्हालेका छन्। कमल थापा मगरले प्रि–मिक्सिङ, श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने गीतको अडियो प्रिज्म स्टुडियोमा तयार गरिएको हो।

    यसको म्युजिक भिडियो पनि आकर्षक ढङ्गले निर्माण गरिएको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन्। सञ्चिता बोलाखे, सुप्रिति बिक र मनोज बिकको अभिनय तथा नृत्यले भिडियोलाई जीवन्त बनाएको छ। बुद्ध थापाको छायाङ्कन, नवीन घर्ती मगरको सम्पादन, माधव राउतको प्रोडक्सन व्यवस्थापन तथा एडभेन्चर इन्टरटेनमेन्टको पोस्ट–प्रोडक्सनले भिडियोको प्रस्तुति थप आकर्षक बनाएको छ।

    ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’ बोलको मुख्य भावमार्फत विवाह नभएका युवतीहरूले समाजबाट पटक–पटक सामना गर्नुपर्ने प्रश्न, उनीहरूको मनोभाव, भविष्यका सपना तथा प्रेम र वैवाहिक जीवनप्रतिको चाहनालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। यसले तीजको सांस्कृतिक मौलिकतासँगै सामाजिक यथार्थलाई पनि सन्तुलित रूपमा उठाएको छ।

    मधुर स्वर, मौलिक कथावस्तु, सशक्त प्रस्तुति र आकर्षक छायाङ्कनका कारण यो गीत यस वर्षको तीजमा दर्शक–श्रोताको रोजाइ बन्ने अपेक्षा गरिएको छ। तीजको उल्लासमय माहोललाई थप रौनक बनाउने विश्वास गरिएको यो गीतले नेपाली लोक–तीज सङ्गीतको मौलिकता र निरन्तरतालाई पनि सशक्त रूपमा अघि बढाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ