• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो मनोरञ्जन

    विराजको फिल्म ‘१२ गाउँ’ को पहिलो गीत सार्वजनिक

    1.2K
    SHARES



    काठमाडौँ । एक्सन स्टार बिराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को पहिलो गीत ‘सिनेमा हेर्न जाऊँ’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपालको अभिनय रहेकाे छ ।

    गुजराती तथा दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले यसैबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । गीतको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् ।

    सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत र बलिउड गायक नकाश अजिजको स्वर छ । फिल्मको यसअघि सार्वजनिक पोस्टर र एक्सन टिजरले दर्शकमाझ उच्च हाइप बनाइसकेको छ ।

    पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गर्दैछन् । फिल्ममा बिराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ