• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो

    गोबिन्दले ल्याए मौलिक तीज गीत, शान्तिश्री, सुनिता, समिक्षा र बोमकुमारीले दिए स्वर

    5.6K
    SHARES



    काठमाडौं । तीजलाई लक्षित गरिएका गीतहरु यतिबेला सार्वजनिक हुने क्रम बढीरहेको छ । योसँगै बिकृतीजन्य गीतहरु सार्वजनिक गर्ने होडबाजी नै देखिएको छ । तर, यहि भीडमा पनि तीजको मौलिकता र मर्म बोकेको गीत पनि सार्वजनिक भएको छ । बहुप्रतिभाशाली संगीतकर्मी गोबिन्द अनेकले मौलिक तीज गीत ‘बरिलै बरिलै, यस्तै रैछ छोरीलै’ सार्वजनिक गरेका हुन् ।

    गीतका लागि शब्द, संगीत र संगीत संयोजन समेत स्वयम् गोबिन्द अनेकले गरेका हुन् । लोकप्रिय गायिकाहरु शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री, समीक्षा अधिकारी र बोमकुमारी बिकको सुमधुर स्वर सुन्न सकिन्छ । तीजको वास्तविक मर्म बोकेको यस गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

    गीतको भिडियोमा लोकप्रिय रोशनी कार्की, सरिता ढुंगाना (जुनकीरी) र जुना गुरुङको जीवन्त अभिनय रहेको छ । सुनिल बिक निर्देशनमा बनेको भिडियोमा रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका हुन् । बासु न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

    गीतमा वर्ष दिनको तीजमा पनि माइती पुग्न नपाएका चेलीका वेदना र बिलौनाका कथा बुन्ने प्रयत्न गरिएको छ । गीतलाई आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका गीतकार तथा संगीतकार अनेकले भने – तीज पर्व भन्नेबित्तिकै नारी वेदना र संवेदनाका कुराहरू जोडिने गर्छ, विशेष गरेर नेपाली समाजका नारीहरुले भोग्ने गरेका पिर व्यथा, अप्ठ्यारा परिस्थिति, अवहेलना र नारी विभेदका केही अंश यो सृजना मार्फत देखाउने कोशिष गरेका छौं । हाम्रो प्रयास कस्तो लाग्छ एकपटक हेरेर सुझाब, सल्लाह, प्रतिक्रिया दिनुहोला ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ