• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

भिडियो

बबिना भट्टराईको स्वर तथा संगीतमा अनु विज्ञातीको प्रेमिल गीत ‘आभास’ सार्वजानिक

7.4K
SHARES



काठमाडौँ। गीतकार अनु विज्ञातीले लेखेकी प्रेमिल भावको गीत ‘आभास’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा सङ्गीतमा सार्वजनिक भएको छ ।

बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्की र अनिल अधिकारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो ।

गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । जस्केलो क्रियशनको तारतम्यमा प्रकृतिको सुन्दर स्थलमा छायांकन गरिएको भिडियोमा यमुना पाण्डेको श्रृङ्गार कलाले सजिदै बबिनाले अनु बिज्ञातीका शब्दका भावहरु, सङ्गीतको झंकार अनि आफ्नै स्वरको भाव भिडियोमा उतारेकी छिन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ