• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो

    ३ सय ८० भन्दाबढी कलाकारको अभिनय रहेको वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक

    5.1K
    SHARES



    काठमाडौं। वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार ठमेलमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो ।

    निर्माण पक्षले दिएको जानकारी अनुसार यो सिरिज ‘क्राइम एक्सन’ जनराको हो । २४ एपिसोडको यो सिरिजमा ३८० भन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षको दाबी छ ।

    निर्देशक एवं लेखकका अनुसार यो सिरिज तीन वर्ष लगाएर तयार गरिएको हो । यसमा सरिता गिरी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, कविता नेपाली, छुल्ठिम गुरुङ, अभिनेश शाह, रमेश अधिकारीलगायतको अभिनय रहेको छ ।

    यो म्युजिक नेपाल र फ्रेम इन मोसनको सहकार्यमा निर्माण भएको हो । साउन अन्त्यबाट एपीवान टेलिभिजनबाट यसको प्रसारण गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ