• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो

    लघुचलचित्र ‘भाउ’ : अमुल्य जीवनको मूल्यमाथि प्रश्न (हेर्नुहोस् भिडियो)

    2.7K
    SHARES



    काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । ‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको छ । टिजरमा कवाडीवालाको कथा देखाइएको छ ।

    तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउने प्रयास गरिएको छ ।

    पोष्टरमा प्रयोग गरिएको र टिजरमा एउटा सिनमा शहरमा भएको ठुलो अपार्टमेन्ट अगाडिको दृश्यले हुँदाखाने र हुनेखाने बिचको खाडललाई भाउले देखाउन खोजेको देखिन्छ यस्तै काठमाडौं र भक्तपुरमा छायांकन भएको लघुचलचित्रमा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् ।

    लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । अंग्रेजी सब्टाईटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन् । सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।

    चलचित्रसम्बन्धी विभिन्न विधामा पढाई सञ्चालन भईरहेको कान्तिपुर फिल्म एकेडेमीले नै कान्तिपुर सिनेमाज प्लेटफर्म सञ्चालन गरेको हो । नेपाल र विश्वभर छरिएर रहेका चलचित्रप्रेमी दर्शकहरुको लागि र राम्रा चलचित्रहरु निर्माण गर्नेहरुका लागि कान्तिपुर सिनेमाज राम्रो प्लेटफर्म भएको कान्तिपुरका फाउण्डर तथा सिईओ प्रकाश पुरी बताउँछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ