• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News गण्डकी

    असिना पानीले नवलपरासीमा करोडौंको इँटा नष्ट

    2.6K
    SHARES



    काठमाडौँ। पश्चिम नवलपरासीमा आएको असिना र पानीले करिब ४ करोड रुपैयाँबराबरको काँचो इँट्टा नष्ट भएको छ ।

    इँट्टा बनाउने समयमा आएको वर्षाले तयारी अवस्थामा रहेको इँट्टामा क्षति पुर्‍याएपछि व्यवसायीलाई चिन्ता थपिएको छ ।

    जिल्लामा रहेका २२ वटा उद्योगमा सोमबार राति आएको असिनासहितको वर्षाले १ करोड २५ लाख रुपैयाँभन्दा बढी तयारी अवस्थाको काँचो इँट्टा नष्ट भएको इँट्टा व्यवसायी महासंघका जिल्ला सदस्य एवं तिरुपति इँट्टा उद्योगका सञ्चालक गोपाल भट्टराईले बताए ।

    वर्षभरिका लागि तयार पार्ने समयमा नै वर्षाले क्षती पुर्याएपछि उत्पादन घट्ने र मूल्य बढ्न सक्ने आकलन गरीएको छ । आर्थिक मन्दीको समयमा भारतबाट अग्रिम भुक्तानी गरेर कामदार ल्याएर गरीएको काममा क्षति पुग्दा व्यवसाय धराशायी हुने अवस्था आएको व्यवसायीको गुनासो छ । क्षतिको विवरण संकलन गरेर उचित क्षतिपूर्ति दिनुपर्ने व्यवसायीले माग गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया