• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

भिडियो

फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक

11.7K
SHARES



काठमाडौं । चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टंक बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीत सार्वजनिक गरेको हो ।

सो गीतमा अथिति कलाकार नायक सलोन बस्नेत र नायिका पूजा शर्माको नृत्य छ । उनीहरूलाई जयकिशन बस्नेत, राजिवजंग बस्नेत, सोभित बस्नेत र छुल्ठिम गुरुङले साथ दिएका छन् ।

गीतमा टंक बुढाथोकी स्वयंले संगीत भरेका हुन् । साथै, शिव विकको कोरियोग्राफी रहेको यो गीत विनोद सापकोटाले खिचेका हुन् ।

सोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘बद्री बहादुर’ चैत २३ बाट प्रदर्शनमा आउँदै छ । कमेडी जनरामा बनेको यस फिल्ममा जयकिशन बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव बस्नेत र वर्षा चौलागाई मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा सलोन र पूजाको विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ । एबी पिक्चर्स फर्म र सलोन सलिना फिल्मस्को संयुक्त ब्यानरमा बनेको सो फिल्मको कार्यकारी निर्माता रवि अधिकारी र निर्माता मिथुन भोटे हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ