• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    भिडियो

    जितेनको स्वर, डेकेन्द्रको शब्दमा रहेको ‘के भयो तिमीलाई’ (भिडियो)

    11.6K
    SHARES

    काठमाडौं। गायक जितेन लेप्चाको नयाँ  म्युजिक म्युजिक भिडियो ‘के भयो तिमीलाई’ सार्वजनिक भएको छ ।

    सेण्टिमेण्टल भर्सनको गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ । यस गीतलाई श्याम महर्जनले संगीत संयोजन गरेका हुन् ।  युरोपको अति रमणिय ठाऊ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो ।

    म्युजिक भिडियोमा बिनोद गुरुङ र समी गुरुङको अभिनय रहेको छ । गीतको भिडियोलाई सुरज मैनाली एमबि को छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । यसअघि यो गीत फिमेल भर्सनमा सिजाशु श्रेष्ठको स्वरमा समेत सार्वजनिक भैसकेको छ । गायक लेप्चा एक समयका चर्चित गायक हुन् । उनको स्वरमा रहेको ‘तिमीले साथ’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय रहेको छ ।

    यसअघि गीतकार श्रेष्ठको शब्द संगीतमा रहेको ‘तिमीले साथ’, ‘आँखा वरिपरी’, ‘निष्ठुरी’, ‘के भयो तिमीलाई’, ‘तिमी पनि एक्लै’ लगायातका थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् । नयाँ म्युजिक भिडियो गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ