• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    बलात्कारीको टाउको छिनाल्न माग गर्दै विप्लवलाई आयो यस्तो मार्मिक पत्र, को हुन पत्र लेख्ने महिला ?

    69.3K
    SHARES



    बिनिता सिंह । देशमा हत्याहिंसा र बलात्कारका घटना बढ्न थालेपछि  नागरिकहरुले यो राज्यले न्याय दिन नसक्ने भन्दै कारबाहीको आशा नेपाल कम्युनिष्ट पार्टीसँग गर्न थालेका छन्।

    पछिल्लोसमय नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को नाममा विभिन्न घटनाका दोषीलाई कारबाही माग गर्दै सामाजिक र जनस्तरबाट खुल्लापत्र आउने क्रम जारी छ । यसले नेपालका बुद्धिजीवी, व्यापारी, र प्रतिष्ठित समुदायको आशा यो राज्यसँग भन्दा पनि नेकपासँग रहेको बुझिन्छ ।

    लामो समयदेखि सामाजिक सेवाकाे क्षेत्र तथा मानव बेचविखनविरुद्ध काम गर्दै अाएकाे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नाबालिकालाई बलात्कार गर्ने अपराधिलाई हदैसम्मको कारबाहीको माग गर्दै नेकपाका महासचिव विप्लवलाई खुल्ला पत्र लेखेकी छन्।

    रक्षा नेपालकी संस्थापक अध्यक्ष थापाले लेखेको पत्रबाट अहिले देशमा हदैसम्मको अपराध बढेको र त्यस्ता अपराधिलाई राज्य, प्रहरी प्रसाशनले कुनै न कुनै बहानामा उम्काउदै आइरहेकोले यसको विकल्प नेकपा रहेको आशय सजिलै झल्किन्छ ।

    उनले लेखको पत्रकमा भनिएको छ- ‘प्रिय विप्लव कमरेड ! पर्साको निचुटामा आठ वर्षीया एक बालिकालाई तिन युवकले सामूहिक बलात्कार गरी उनलाई अन्तिम अवस्थामा पुर्याएका छन् । यौटा गरिबले आफु खाई नखाई हुर्काएकी आफ्नी फुलजस्तै छोरीको जीवन चुडिदिने ३ जना बलात्कारीलाई तुरुन्तै मुला काटे झैँ काट्नु पर्यो त्यसको ……….(खाली ठाउँ आफै भरौ) !!! कि गर्दन छिनाल्देउ, कि ….. छिनाल्देउ !!!’

    उनले अगाडि लेखेकी छिन-(प्रिय मित्रजन, यी नाबालकको सरिरभरि चिथोरेको, टोकेको घाउ नै घाउ छ भने उनको गोप्य अंग (योनी) क्षतविक्षत छ- अत्यधिक रक्तश्राब तथा बान्ता भैरहेकोले उपचारको लागि हामी सबै एक हुनुपर्ने जरुरि छ )….. तपाइले खाई नखाई पशिना बगाएर हुर्काएकी छोरीलाई यस्तै भयो भने तपाई के गर्नु हुन्छ ? यसमा मेरो छोरीको दोष छैन – दोषीलाई कारबाही हुनुपर्छ भनेर छाती फुलाएर सडकमा उत्रिनु हुन्थ्यो कि घर भित्रै लुकेर वा लुकाएर बस्नु हुन्छ ? (बहुचर्चित सलमान खान -दबंग कार्यक्रम क्यान्सिल गराउन सक्नेले यति जाबो त सजिलै सक्छन कि भनेर गुहार मागेको !!!)’

    यसरी दिनानुदिन देशका कुनै न कुनै भागमा बलात्कारका घटनाहरु बढिरहेका छन् । ति घटनाहरु कति लुकाइएका छन् त कति बाहिर आएका छन् ।

    देशमा बढिरहेको यस प्रकारको अपराधिक घटनामा जनताले देशको बैकल्पिक शक्तिका रुपमा रहेको नेकपालाई गुहार्न थालेका छन् । यति मात्र हैन पछिल्लोसमय नेकपाले भ्रष्टाचारीलाई पनि छानीछानी कारबाही गर्ने घोषणा गरेको छ ।

    यसअघि भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै विभिन्न व्यक्ति र समुदायले विप्लवलाई यस्तै खुल्लापत्र लेखेका थिए ।  नेपालमा कानुनी राज्य र न्यायको अन्त्य भएको महसुस् जनताले गर्न थालेपछि यसरी नै वैकल्पिक शक्तिको खोजी हुने गर्छ ।

    के थियो घटना ?

    यहि फागुन १६ गते बुधबार साँझ पर्साको निचुटामा ८ बर्षीया बालिका बलात्कृत भएकी थिइन् । पटेर्वासुगौली गाउँपालिका वडा नं ५ निचुटा बस्ने बालिकालाई बलात्कार गरिएको हो ।

    बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमामा उपचार भइरहेको छ । बुधबार साँझ ६ बजेतिर घर नजिकै रहेको उखुबारीमा बालिकाको बलात्कार भएको हो ।

    पटेर्वा सुगौली गाउँ कार्यपालिकाका सदस्य विपिन मुखियाले बालिकाको बलात्कार भएको जानकारी गराएका थिए । ‘साँझको घटना हो, घटना घटाउने व्यक्तिको खोजी भइरहेको छ’ उनले भने ‘साँझ नै बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गर्‍यौं, शल्यक्रिया पछि अब बालिकाको अवस्था सामान्य छ ।’

    गाउँ नजिकै माछा पोखरीमा माछा मार्न आएका मलाहामध्ये कसैले बलात्कार गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वा सुगौलीले घटनाबारे अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ