• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    विप्लव नेतृत्वको नेकपाले होइन, कसले गर्दैछ भोलि नेपाल बन्द ? हेर्नुहोस् विज्ञप्तिसहित

    31.4K
    SHARES



    काठमाडौं ।

    सोमबार सामाजिक सञ्जालमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आवहान गरेको भन्दै अनावश्यक र भ्रमात्मक सूचनाहरु पोस्ट भए । नेकपाले भोलि नेपाल बन्द आव्हान गरेको भन्दै गलत सूचना प्रबाह भएपछि उक्त पार्टीका नेताहरुले यसबारेमा भ्रममा नपर्न सबैलाई प्रष्ट पारेका छन् ।

    ‘केहि व्यक्तिहरुले योजनाबद्ध रुपमा नेकपाले नेपाल बन्द गर्दैछ भनेर स्टाटस लेखेको भन्ने सुनियो । नेकपाले बन्द आवहान गरेको छैन, अहिले त्यस्तो पार्टीको कुनै योजना छैन ।’ नेकपाका एक केन्द्रीय नेताले संचार केन्द्रलाई भने- यस्ता कपोलकल्पित र भ्रामक कुराहरुको पछि नलाग्न हामी सबैलाई आग्रह गर्छौं ।’

    कसले गरेको हो बन्द आवहान ?

    खासमा माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले भने भोलि असोज २ गते नेपाल बन्द आव्हान गरेको छ । सो पार्टीका अध्यक्ष रञ्‍जित गुरुङले संचारकेन्द्रसँग कुरा गर्दै कंचनपुरकी बालिका निर्मला पन्तको न्याय र नेकपा प्रवक्ता प्रकाण्डको रिहाइको माग गर्दै बन्द आवहान गरिएको बताए ।

    विशेषगरी केपी ओली सरकारले जनताका न्यूनतम आधारभूत आवश्यकतालाई पनि गम्भीररुपमा नलिएको र न्याय माग्दा दमनमा उत्रिएको भन्दै उनले बिरोध जनाएका छन् ।

    आइतबार साँझ १ विज्ञप्ति समेत जारी गर्दै अध्यक्ष गुरुङले निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा उभ्याउनुको साटो राज्य आफै दोषीलाई लुकाउनमा लागेको भन्दै त्यसकोविरोधमा नेपाल बन्द आवहान गरिएको बताएका छन् ।

    त्यस्तै राज्यले न्यायालयकै बदनाम गर्नेगरी चौथोपटक रिहा भएका नेकपा प्रवक्ता प्रकाण्डलगायतका नेताहरुलाई पटकपटक गिरफ्तार गरिरहेको भन्दै विज्ञप्तिमार्फत त्यसको बिरोध गरिएको छ । सरकारको यो हर्कतले न्यायालयकै धज्जी उडेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच उनले निर्मलाको न्याय र प्रकाण्डको रिहाइका लागि आवहान गरिएको बन्दमा साथ् दिन सबैलाई आग्रह समेत गरेका छन् । बन्द उल्लंघन नगर्न सो पार्टीको चेतावनी छ ।

    देशभर निर्मलाको न्यायका लागि आवाज उठिरहेका बेला पूर्व जनसेना पार्टीले बन्द आवहान गरेको बन्द कतिको प्रभावकारी हुन्छ या हुदैन त्यो भने हेर्न बाकीं छ ।

    हेर्नुहोस् विज्ञप्ति

    २०७५ असोज १ मा प्रकाशित ।

    प्रतिक्रिया