• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

गण्डकी

गण्डकी सरकारको ७ वर्षमा दिपक मनाङे छैटौं पटक मन्त्री

3.2K
SHARES



काठमाडौं। गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्‌ विस्तार गरिएको छ । मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्विप जारी भए पनि मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ ।

नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारबाही गर्न नमिल्ने बताएको छ । योसँगै गुरुङ गण्डकीमा छैटौँ पटक मन्त्री बनेका हुन् । कांग्रेसका टेकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यसअघि नै नियुक्त भइसकेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ