• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    ठेकेदार र नगर प्रमुखको चरम लापरवाहीको पराकाष्टा- हस्तान्तरण नहुँदै चर्कियो अमरगढी नगरपालिकाको नयाँ भवन

    16.7K
    SHARES

    डडेल्धुरा । अमरगढी नगरपालिकाको नयाँ निर्माण गरिएको भवन हस्तान्तरण नहुँदै चर्किएको छ । धनगढीस्थित रोयल कन्सट्रक्शनले निर्माण जिम्मा लिएको उक्त भवनको  भिरतर्फ पर्खाल लगाइ बनाइएको भाग चर्किएको छ । निर्माण प्रक्रियामा नै विवाद भएको भवनको एउटा पिल्लरदेखि तल भिरतर्फ फर्केकोको भाग सबै चर्किएपछि अहिले यसले चर्चा पाएको छ ।

    झण्डै आठ करोडको लगानीमा निर्माण भएको भवनबिरुद्ध अख्तियारमा समेत यसअघि नै मुद्दा परेको थियो । भवन निर्माण लगायतका बिषयमा स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि निर्वाचत भएलगत्तै करिब दुई महिनासम्म कार्यालयमा तालाबन्दि भएको थियो । नगरपालिकाको निर्माणाधिन अवस्थामा रहेको भवन इस्टिमेट अनुसार नभई ग्याविन जालीमा पिल्लर रहने गरि निर्माण भइरहेको भन्दै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले तालाबन्दि गरेका थिए ।

    निर्माण भइरहेको स्थानमा भवन निर्माणका लागि जमिनको क्षेत्रफल नभएको र उक्त स्थानमा भवन नबनाउन पटक पटक आग्रह गर्दा पनि नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले अटेरि गरेको समेत वडाअध्यक्षहरु द्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको थियो । त्यसबखत सात करोड ४८ लाख ८८ हजार रुपैंयाँ बराबरको लागत थियो । नयाँ भवनको अधिकांश भाग भरान माटोमा निर्माण गरिएको छ ।

    चार तला भएको भवनको इस्टिमेटमा भवनको जग खन्दा एक साइजको हुनुपर्ने भए पनि कुनै पिल्लर कम र कुनै पिल्लर चार गुना बढी गहिराइमा हालिएका थिए । यसबारे छानविन गरेर मात्रै भवन निर्माण कार्य अगाढी बढाउन दिने अडान वडा अध्यक्षहरुको थियो ।

    तर पछि नगरप्रमुखको योजनामा भवन निर्माणको काम अगाडि बढाइएयो । यसबारे उनले वडा अध्यक्षहरुले कुनै पनि जानकारि दिएका थिएन् । भवन निर्माण गरिँदा भरान माटोलाई रोक्नका लागि लगाइएको ग्याविन जालीमै रहने गरी निर्माणधिन भवनको जग खनिएको छ । ठेकदार कम्पनी र नगरप्रमुखको चरम लापरवाहीका कारण यस्तो अवस्था आइलागेको वडाअध्यक्ष र अरु जनप्रतिनिधिहरुको बुझाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ