• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला आज देशभरको मौसम ?

    273
    SHARES



    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर आंशिक बादल लाग्नेछ ।

    बुधबार देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

    बिहीबार देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ