काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङ गरेको जनकपुरले ७ विकेट गुमाएर १४७ रन बनायो।
जनकपुरका तृतराज दासले ५५ बलमा २ छक्का र ७ चौकासहित ६१ रनको अर्धशतकीय पारी खेले। यस्तै अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ तथा मोइन अलीले १६ बलमा १ छक्का र ३ चौकासहित २१ रन बनाए।
पोखराका शाकिब अल हसनले ३, चमिका करुणारत्ने २ तथा मेहेदी हसन र मोहम्मद सैफुद्दीनले समान १ विकेट लिए।
प्रतिक्रिया