• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    201
    SHARES



    काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ । गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा झरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ