• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    अछाममा प्रहरी र नेकपा कार्यकर्ताबीच दोहोरो भिडन्त भएको हल्ला मात्रै, यस्तो रहेछ वास्तविकता

    10.5K
    SHARES



    मंगलसेन ।  नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लास्थित बाटुलाशैनको छाताशैन प्रहरीले एकतर्फी गोली चलाएर दोहोरो भिडन्तक हल्ला चलाएको जनाएको छ ।

    केहि संचारमाध्यमहरुले नियोजित तरिकाले दोहोरो भिडन्तको अफवाह फैलाएको भन्दै नेकपाले आपत्ति जनाएको छ । नेकपाले उक्त समाचारको खण्डन समेत गरेको छ ।

    बुधबार संचारकेन्द्रसँग टेलिफोन सम्पर्कमा आएका नेकपा जनपरिषद अछामका प्रमुख निरक शाहीले जनतासँग आतंकित भएको ओली सरकारको प्रहरी प्रशासनले ‘दोहोरो भिडन्त’को हवाला दिएर एकतर्फी गोली प्रहार गरी नेकपा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको प्रष्ट पारेका छन् ।

    तपाईहरुले प्रहरीमाथि गोली चलाएको हो ? भन्ने संचारकेन्द्रको प्रश्नको जवाफ दिँदै प्रमुख शाहीले भने- ‘यो पुरै झुट हो । साथीहरुमाथि एकतर्फीरुपमा गोली चलाएर प्रहरीले हाम्रा ४ जना नेता कार्यकर्तालाई गिरफ्तार छ । प्रहरीमाथि गोली चलाउने पार्टीको कुनै नीति, योजना छैन भनेर अस्ति नै पार्टी हेडक्वार्टरले नै प्रष्ट पारिसकेको अवस्थामा फेरी आज यस्तो अफवाह फैलाइयो । यो आपत्तिजनक छ । हामी यस्ताे सुनियोजित हल्लाको खण्डन गर्न चाहन्छौं ।’

    जनतासँगै रहेको नेकपालाई बदनाम गराउन केहि मिडिया र तत्वहरु नियोजित तरिकाले लागिपरेको भन्दै प्रमुख शाहीले सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आम मिडिया जगतलाई आग्रह गरेका छन् । केहि मिडियाहरुले ‘एउटा नेताले भने’ भनेर कुनै नेतासँग सम्पर्क नै नगरी बनावटी कहानीलाई समाचारका रुपमा दिइरहेको भन्दै अछाममा नेकपाले गोली चलाएको भन्दै बाहिरिएको भ्रामक समाचारको खण्डन गरे ।

    केहि मिडियाले नेकपा अछाम इन्चार्ज घाइते बनेको भन्दै कपोलकल्पित र हास्यास्पद समाचार सम्प्रेषण गरेकोप्रति उनले दुख पोखे । ‘केहि अनलाइनले हाम्रो इन्चार्ज घाइते भएको भनेर पनि लेखेको देखियो ।’ उनले भने- ‘यस्तो हास्यास्पद र अनावश्यक भ्रम छर्न पाइन्छ ?’

    यसअघि मंगलबार पनि प्रहरीले नेकपाको टोलीमाथि प्रहरीले एकतर्फी गोली चलाएर लखेट्न खोजेको आफुले प्रत्यक्ष देखेको बाटुलाशैनका एक स्थानीयवासीले संचारकेन्द्रलाई बताएका थिए । तर जिल्ला प्रहरी कार्यालय अछामले भने नेकपा कार्यकर्ताले प्रहरीलाई तर्साउन केहि पड्काएपछि गार्ली चलाउनु परेकाे दावी गरेकाे छ ।

    यस विषयमा जिप्रका अछामका डिएसपी जनक बहादुर शाहि संचारकेन्द्रको सम्पर्कमा आउँन नचाहे पनि सञ्चार साखाले भने गोप्य सूचनाको आधारमा प्रहरी टोली बाटुलाशैन पुगेको बताएको छ ।

    नाम उल्लेख नगर्ने सर्तमा जिप्रका अछामको संचार साखाका एक प्रहरी अधिकारीले भने – ‘गोप्य सूचना पाएर यताबाट टोली बाटुलाशैन पुगेको हो । उता विप्लवका कार्यकर्ताहरुले के पड्काए भन्थे, उनीहरुले पढ़काएको के हो भन्ने समेत थाहा हुन सकेको छैन । अनुसन्धान भइरहेको छ ।’

    मंगलबार मध्यान्ह प्रहरीले बाटुलाशैनबाट नेकपाका ४ जिल्ला नेतालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा नेकपानिकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश राउत, युवा सङ्गठनका जि

    ल्ला सदस्य सुरेश साउद , अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा सङ्गठनकै राजेन्द्र धामी रहेका छन् ।

    चारै जनालाई अहिले जिप्रका अछाम राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । यसअघि अछाम प्रहरीले पार्टीको सङ्गठन सुदृढ तथा बिस्तार अभियानका क्रममा रहेको नेकपानिकट अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई पनि गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ