• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दाउन्ने दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये ५ जनाको सनाखत

    294
    SHARES



    नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाएका छ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी रहेका छन्।

    त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको पनि दुर्घटनामा मृत्यु भएको छ।

    दुर्घटनामा ज्यान गुमाएका अर्का एक पुरुषको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

    दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ