• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    1.4K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ। बिहीबार प्रतितोला ३ हजार ४ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ५५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ